हिमपातले सडक निर्माणको काम प्रभावित

662
  •  
  •  
  •  

मुगु । मुगु र हुम्ला जोड्ने गमगढी–चंखेली हुँदै हुम्लाको दार्म, देउलीसम्मको ६७ किलोमिटर सडक निर्माणको काम हिमपातले प्रभावित भएको छ ।

बिहीबार रातिदेखि देखि उच्च हिमाली बस्ती लगायत जिल्ला सदरमुकाम गमगढीमा बाक्लो हिमपात भएपछि काम रोकिएको हो ।

चंखेलीमा ३ फिट र सातथाप्ले लगायतका स्थानमा दुई फिट सम्म हिउँ जमेका कारण काम गर्न असजिलो भएको छ ।
गमगढी–चंखेली हुँदै हुम्लाको दार्म, देउलीसम्म सडकमा काम गरीरहेका एक सय तीन समुहले काम गरिरहेका छन् ।

मौसम परिवर्तन भई बाक्लो हिमपात भएपछि कामदार चिसो खप्न नसकी आ–आफ्नो घरमा गएको र सडक निमार्णको काम रोकिएको ग्रामीण पहुँच कार्यक्रम मुगु हुम्ला लिंक रोडका प्रोजेक्ट फिल्ड म्यानेजर विष्णुराम विष्टले जानकारी दिए ।

गमगढी–चंखेली हुँदै हुम्लाको दार्म, देउलीसम्म सडक ६७ किलोमिटर छ । तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेका भएपनि हिमपातले सडक निमार्णको कामलाई प्रभावित बनाएको फिल्ड म्यानेजर विष्टको भनाइ छ ।
सडक निर्माणको काम २०२० अक्टोबरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

लक्ष्य अनुसार नै धमाधम काम भइरहेको भएपनि मुगुको् सिमाना आसपासमा काम तोकिएकै समय समपन्न गर्न सकिने र हुम्ला क्षेत्रमा तोकिएको मिति भन्दा केहि महिना यस्तै हिमपात लगायत विविध कारणले धकेलिने म्यानेजर विष्टको भनाइ छ ।

बेलायत सरकारको आर्थिक सहयोगमा निर्माणाधिन सडकको काम अहिलेसम्म ५८ किलोमिटर ट्रयाक खुलिसकेको र बाँकी नौ किलोमिटर ट्रयाक खुलाउन बाँकी रहेको विष्टले बताए ।

हिमपातमै हुम्लाको जाँचेमा तीन वटा मेसीनले काम गरिरहेका छन् । बाँकी मेसीन हिमपात चिसाले थन्किएका छन् ।


  •  
  •  
  •