हिमपातमा फसेका थप ३९ जनाको उद्वार

91
  •  
  •  
  •  

काठमाडौँ, ३१ असोज (ओएनएस) : नेपाली सेनाले हिमपातका कारण थोराङ्गपास र ड्रम क्याम्प क्षेत्रमा फसेका ३९ जना स्वदेश तथा विदेशी पद यात्रीको उद्वार गरेको छ ।

सेनाले २८ गतेदेखि त्यसक्षेत्रमा फसेका पदयात्रीको शुक्रबार उद्वार गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । ३९ जनामध्य गम्भिर घाईते भएका ६ जनालाई नेपाली सेनाको उद्वार टोलीले मुक्तिनाथ ल्याएको निर्देशनालयको भनाई छ । थोराङ्गपास क्षेत्रमा हिउँले पुरिएका २ वटा शवलाई सेनाको हेलिकप्टरले मुक्तिनाथ पुराएको र २ वटा निकाल्ने प्रयास भईरहेको सेनाले जनाएको छ ।

बाक्लो हिउँले ढाकिएको थोराङ्गपासको मुख्य मार्गमा हेलिकप्टरद्धारा नेपाली सेनाको थप टोली परिचालन गरी अवरुद्ध मार्गलाई खुलाउने काम भईरहेको छ । यसैबीच घटनामा परेका ७ जनाको शव आजै नेपाली सेनाको स्काई ट्रकबाट काठमाण्डौं ल्याईएको छ ।

उनीहरुको शवलाई शिक्षण अस्पताल महारगंजमा राखिएको छ । सेनाले हराएकाहरुको खोज तथा उद्धार कार्यलाई तिव्र गतिमा जारी राखेको र भोलि पनि उद्धार कार्य जारी रहने सैनिक जनसम्पर्क निर्देशनालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

तस्वीर सौजन्यः नेपाली सेना030201


  •  
  •  
  •