राजधानीसहित देशभरी चिसो बढ्यो, चन्द्रागिरीमा हिउँ

101
  •  
  •  
  •  

himpat–Chandragiriकाठमाडौं, १७ पुस (अाेएनएस) : आइतबार राजधानीसहित मुलुकभर चिसो बढेको छ ।

भारतको जम्मु काश्मिर हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार राजधानीको चन्द्रागिरी डाँडामा हिउँ परेको छ, भने तराईमा बाक्लो कुहिरो लागेको छ ।

शनिबार सुदूरपश्चिम हुँदै देशभर फैलिएको बायुको प्रभाव सोमबारसम्म रहने  महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।

महाशाखाका अनुसार आइतबार बिहान उपत्यकामा ०.१ मिलिमिटर वर्षा भएको छ । पानी परेसँगै देशभरिको अधिकतम तापक्रम घटेको छ । आइतबार राजधानीको न्युतम तापक्रम ५ डिग्रीबाट घटेर ४ दशमलव ५ तथा अधिकतम तापक्रम २० डिग्रीबाट घटेर १९ दशमलब ५ पुगेको छ ।

तस्बिर गाेकुल क्षेत्रीकाे फेसबुकबाट


  •  
  •  
  •