हिमपातका कारण अलपत्र परेका थप १० जनाको उद्वार

81
  •  
  •  
  •  

काठमाडौं, १ कात्तिक (ओएनएस) : हिमपातका कारण अलपत्र परेका १० जनाको शनिबार उद्वार भएको छ ।

उद्वार टोलीले मुस्ताङ र डोल्पाको सिमाना क्षेत्रबाट ५ जना बेल्जियमका नागरिक र ६ जना नेपालीको उद्वार गरेको हो । उनीहरु जोम्सोम–डोल्पो टे«किङमा गएका बेला हिमपात भएपछि अलपत्र परेका टे«किङ एजेन्सी अफ नेपाल(टान)ले जनाएको छ ।

उनीहरुलाई जोमसोम ल्याईएको छ । उद्वार टोलीले दुईजना जापानी नागरिकको शव समेत फेला पारेको छ ।

उनीहरुको शब थोरङला क्षेत्रमा भेटेर जोमसोम ल्याईएको टानको भनाई छ । हिमपातकारण फसेका व्यक्तिहरुको खोजी तथा उद्वारका लागि विहानैदेखि हेलिकप्टरसहितको टोली परिचालन गरिएको थियो ।


  •  
  •  
  •