पारसलाई नभेटी हिमानी आज भारत जादैँ

172
  •  
  •  
  •  

काठमाडौं २२ चैत ।
तीन दिनअघि थाइल्याण्डबाट नेपाल आएका पति पारसलाई नभेटीकनै हिमानी आज आइततबार भारत जान लागेकी छिन् । ६ दिनपछि पूर्वराजा र रानी भारत जानुअघि सम्पूर्ण चाँजोपाँजो मिलाउन हिमानी भारत जान लागेकी हुन् ।
उनका साथमा पूर्वराजाका निजी सचिव सागर तिमल्सिना, हिमानीकी निजी सचिव स्मिता सिंह, अपार्टमेन्टमा खाना पकाउने, सुुारेलगायत करिब ८ जना रहेका छन् । पूर्वरानी कोमलको उपचार गराउने भन्दै पूर्वराजा २७ गते भारत जादैँछन् ।

भान्जाको भोजमा देखिएनन पारश
कसैले बियर लिएका थिए त कोहीले ह्विस्की, कसैले कोल्ड ड्रिङस लिएर भोजमा मस्त थिए । तर सबैको आस थियो भान्जको भोजमा पूर्वयुवराज पारसको आगमन हुन्छ भन्ने । तर सबै नातेदार आउँदा उनी नआएपछि आफन्तहरुलाई त खल्लो लाग्ने नै भयो ।
परिवारलाई पनि नमज्जा भएको आभास देखिन्थ्यो त्यहाँ । भान्जा पार्थक सिंहको व्रतबन्ध भोजमा पूर्वराजा, ज्ञानेन्द्र, पूर्वरानी कोमल, पारसपत्नी हिमानी, तीन छोराछोरी लगायत सबै आफन्तको उपस्थिति हुदाँसम्म पारस उपस्थित भएनन् ।
नेपाल समाचारपत्रबाट

पारसले सुध्रिएको ‘प्रमाण’ पेश नगरेसम्म निर्मल निवासको ढोका बन्द


  •  
  •  
  •