हिमाचल प्रदेशमा भीषण पहिरोः एकै परिवारका ३ सहित ९ जनाको मृत्यु(भिडियोसहित)

156
  •  
  •  
  •  

एजेन्सी । भारतको हिमाचल प्रदेशस्थित किन्नौरमा चट्टानी पहिरोमा परी एकै परिवारका ३ सहित ९ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार घटनामा ३ जना घाइते भएका छन्। उनीहरूको अवस्था पनि गम्भीर रहेको बताइएको छ।

पहाड घुम्न गाडीमा गएका पर्यटक पहिरोमा परेका हुन्। चालकसमेत गाडीमा रहेका ११ जनामध्ये ९ जनाको मृत्यु भएको हो। त्यसमा राजस्थानका मात्रै ४, छत्तीसगढका २, महाराष्ट्र, दिल्ली र पञ्जाबका १÷१ जना छन्।

पहिरोमा परी मृत्यु भएकामा एकै परिवारका ३ जना पनि छन्। भारतीय सञ्चारमाध्यमका अनुसार राजस्थानस्थित सिकर निवासी अनुराग बियाणी, उनका आमा देवयानी र बहिनी रिचाको मृत्यु भएको हो।


  •  
  •  
  •