हिमालय जाभाका सञ्चालक प्रहरी नियन्त्रणमा

517
  •  
  •  
  •  

काठमाडौ, २२ साउन(ओएनएस) : एक लिटर बोतलको पानीलाई १३० रुपैयाँमा बिक्री गरेको भन्दै प्रहरीले हिमालयन जाभा कफी सफ वसन्तपुरको सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरीको अनुसार बसन्तपुरमा रहेको गगन प्रधान र आनन्द गुरुङले संचालन गरेको हिमालयन जाभा कफी सपमा आवश्यकता भन्दा बढी नाफा लिई पानीमा कालो बजारी गरे पछि सञ्चालक प्रधानलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिई थप आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पठाएको प्रहरीले जनाएको छ।


  •  
  •  
  •