हिमालीले ७ हजार ५ सयलाई रोजगारी दिने

48
  •  
  •  
  •  

काठमाडौं, २९ असोज (ओएनएस) : उच्च पहाडी कृषि व्यवसाय तथा जिविकोपार्जन सुधार(हिमाली) आयोजनाले २०१७ सम्म ७ हजार ५ सय स्थायी रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।

३ बर्ष आयोजना अवधी रहेको हिमालीले लगानी गरेका उद्योग व्यवसायहरुले हालसम्म ६ सय जनालाई रोजगारी दिएको आयोजनाका निर्देशक डा. शाहले बताए ।

बुधवार राजधानीमा आयोजित पृष्ठपोषण गोष्ठीमा उनले यस्तो जानकारी दिए । ‘त्यसपछि वार्षिक २ करोड अमेरिकी डलर बराबरको अतिरिक्त कृषि उत्पादन थप गर्ने योजना छ’ उनले भने  ।

खासगरी हिमाली क्षेत्रको अवस्थिति तथा अलग जलवायुका कारण उपलब्ध विशेष उत्पादनहरुको मूल्य श्रृङ्खला विकास गर्नु आयोजनाको उद्देश्य रहेको उनले जानकारी दिए । आयोजनाले सञ्चालन अवधिमा रु. २ अर्ब ८७ करोड १८ लाख रुपैयाँ लगानी गर्नेछ  । जसममा एशियाली विकास बैङ्कको ६६ प्रतिशत, सरकारको १५ प्रतिशत र लाभान्वित पक्षको १९ प्रतिशत योगदान रहने छ ।
गोष्ठीमा कृषिमन्त्री हरिप्रसाद पराजुलीले नेपालमा हाल ६५ अर्ब रुपैयाँ बराबरको अत्यावश्यकीय खाद्यवस्तु आयात भइरहेको जानकारी दिए । साथै उनले  मुलुक खाद्य परनिर्भरतातर्फ धकेलिंदै गएमा चिन्ता व्यक्त गरे ।

निर्वाहमुखी खेतीलाई व्यावसायिक खेती प्रणालीमा लैजानुको विकल्प नभए पनि त्यो त्यत्ति सजिलो नभएको उनको धारणा थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको कृषि उद्यम केन्द्रकी अध्यक्ष भवानी राणाले निजीक्षेत्रले व्यावसायिक कृषिका क्षेत्रमा सरकारसँग सहकार्य गर्दै आएको बताइन् ।


  •  
  •  
  •