हिमाल मिनरल वाटरमा सिलबन्दी

198
  •  
  •  
  •  

काठमाडौं, १२ साउन (ओएनएस) : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हिमाल मिनलर वाटर उद्योगमा सिलबन्दी गरेको छ ।

सोमवार अनुगमनको क्रममा मातातिर्थमा रहेको उद्योगमा प्रशोधन नगरेको पानी प्रशोधन गरेको बोटल र जारमा प्याकिङ गर्दा गर्दै फेला पारिएको विभागले जनाएको छ ।

विभागले उद्योगका संचालकलाई विभागमा उपस्थिति हुन निर्देशन दिएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रमोद कोइरालाले जानकारी दिए ।


  •  
  •  
  •