फ्रान्सेलीले ७० जनाको ज्यान जोगाए

89
  •  
  •  
  •  

काठमाडौं, १ कात्तिक ।

‘कति मरे। कति बिचल्लीमा परे।कसलाई के भो होला’ भन्दै उनी छटपटाइरहेका थिए। उनको सबैसँग एउटै चासो थियो, त्यहाँ (प्रभावित क्षेत्र) के भइरहेको छ। उनी टान र एक्यापविरुद्ध आक्रोश पोख्दै नेपाली सेनाको प्रशंसा गरिरहेका थिए। उनी हुन्, फ्रान्सेली नागरिक पासकल जसले हिमपातबाट ७० जनाको ज्यान जोगाइदिए।

अन्नपूर्ण पदयात्राकै क्रममा थोरङपास पुगेपछि हिमपात सुरु भएको थियो। बाँक्लो हिउँले हिँड्ने बाटो पुरिँदै गएपछि पदयात्रामा रहेका ७० जना बीचमै रोकिन खोजेका थिए तर त्यहाँको भौगोलिक अवस्थाबारे परिचित रहेका उनले पदयात्रीलाई त्यहाँ रोकिन दिएनन्।

‘हिउँ पर्न थालिसक्यो यहीँ बसिरहे कोही बाँच्दैन। बाँच्ने भए छिटो हिँड भनेर कराएँ’, उनले भने, ‘त्यसपछि यात्री हतारिँदै तल झरे।’ थोरङपासबाट तल झर्न केही ढिलाइ गरेको भए सबैले ज्यान गुमाउने उनले दाबी गरे। उनीहरू भन्दा पछाडि रहेको पर्यटक हिउँमा पुरिएर बेपत्ता भएका छन्।

मुक्तिनाथ आइपुगेपछि उनीहरूको पछाडि आउँदै गरेका पर्यटक हिउँमा बेपत्ता भएको सुनेपछि आफूहरूलाई दुर्घटनाबाट बचाइदिएको भन्दै सबैले उनलाई आभार प्रकट गरे। ‘उहाँ ट्रेकिङका बारेमा जानेबुझेको विदेशी पर्यटक रहेछन्।

कम्तीमा ५० जना विदेशी र २० जना नेपाली थोरङपासबाट तलतिर झर्ने क्रममा एक्कासि हिउँ खस्न थाल्यो’, ज्यान जोगाएर फर्केका नाङमो छिरिङ शेर्पाले भने, ‘ बाटोभरि हिउँ जम्दै गयो। हामी हिउँ झर्न कम होला र हिँडौंला भनेर सुस्ताएका थियौं। उहाँले ढिला गरे मरिन्छ बाँच्ने भए छिटो हिँड भनेर कराएपछि हामीले हिँडाइको गति बढाएका थियौं। मुक्तिनाथ आएपछि थाहा भो हिँडाइको गति बढाएकाले हिउँमा पुरिनबाट जोगिएछौं।’

३० पटक नेपाल आएका उनले त्यतिनै पटक विभिन्न रु टमा ट्रेकिङ गरिसकेका छन्। बारम्बार नेपाल आउनुको एक मात्रै कारण ट्रेकिङ हो। उनका अनुसार अन्नपूर्ण पदयात्रा, एभरेस्ट, लाङटाङ, मनास्लु, कञ्‍चनजंघालगायका रुटमा ट्रेकिङ गरिसकेका छन्।

उद्धारमा हेलिकोप्टर अभाव

पोखरा : मनाङको विभिन्‍न क्षेत्रमा हिमपातले अलपत्र परेका २१ जना पर्यटकको शुक्रबार उद्धार गरिएको छ। उद्धार गरिएकामा १० नेपाली र ११ जना विदेशी रहेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जनाए। हेलिकोप्टरको अभावले उद्धार प्रभावित भएको उनले दुखेसो पोखे।

‘शुक्रबारसम्म अलपत्र परेका सबैलाई उद्धार गरिसक्ने योजना बनाएका थियौं’, उनले भने, ‘हेलिकोप्टरको अभाव हुँदा त्यो योजना सफल हुन सकेन।’ हेलिकोप्टरका लागि अनेकौं प्रयास गरे पनि कहीँबाट त्यसको सुनुवाइ हुन नसकेको उनले बताए।

उद्धारकार्यलाई प्रभावकारी बनाउन नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी दिनरात खटिरहेको भन्दै स्थानीय प्रशासनले उद्धारकार्यलाई प्रभावकारी बनाउन कुनै कसुर बाँकी नराखेको दाबी गरे। बाक्लो हिउँ जमेकै कारण नार र काम्लाङ, फुको बीचमा हिउँले पुरिएर ज्यान गुमाएकाहरूको अझै शव झिक्न सकिएको छैन। उद्धारका लागि त्यहाँ पुगेको प्रहरीको टोली लेक लागेपछि सदरमुकाम चामे फर्किसकेको छ।

‘उद्धारकार्य प्रभावकारी बनाउन राज्यका सबै संयन्त्र लागिपरेको छु’, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलियाले भने, ‘ज्यान गुमाएको र बेपत्ता भएको खोजी र अलपत्र पर्यटकको उद्धार गर्न सबै निजी कम्पनीका हेलिकोप्टरहरू खटिरहेका छन्।’ मुलुकभित्र ६ निजी कम्पनीका हेलिकोप्टर सेवा सञ्चालन गरिरहेका छन्।

संगैको भाइलाई हिमपहिरोले पुर्‍यो
सेते तामाङ
पोखरा : मुस्ताङवाट डोल्पा तर्फको पदयात्राको क्रममा हिमपहिरोमा पुरिएर एक पर्यटक सहित चार जना बाँच्न सफल भएका छन् । स्विजरल्याण्डका अल्र्फेड लर्च सहित रसुवा राम्चेका बर्ष २४ का सेते तामाङ, बर्ष ३७ का सिङदी तामाङ र धादीङ कटुन्जेका बर्ष २४ का कुमार तामाङ बँाच्न सफल भएका हुन। हिउँले अल्फडको आखाँमा समस्या आएको छ। कुमारको हात खुट्टामा हिउँले असर गरेको छ। उनीहरुको गण्डकी मेडीकल कलेज पोखरामा उपचार भइरहेको छ ।

तीन पर्यटक सहित १६ जना मुस्ताङ हुदै डोल्पा क्षेत्रको पदयात्राका क्रममा डोल्पा नजिकैको साउदी क्याम्पमा टेण्टमा बसी रहेको बेलामा तीन दीन अघी मंगलवार सँाझ छ बजे तीर हामी बसेको क्याम्पमा एक्कासी हिमपहीरोले नेपाली बसेको टेण्ट नै ढाक्यो र सबैलाई पुरेको सेतु तामाङले सुनाए।

हिउँ पन्छाउदै पहिरोवाट निस्केर सबै बँाच्न सफल भयौ। बल्ला बल्ल पहिरोवाट निस्केपछि सबै हतास थियौ। त्यसपछि कोही पर्यटकहरुको टेण्टमा बस्यौ भने कोही ढुङगाको पहाडको छेलपरेर बसेका थियौ।

त्यतिकैमा फेरी ठुलो आवाज सहीत करिव आधा घण्टा पनि फेरी दोस्रोपटक पनि हिउँपहिरो आयो । त्यसले हामी र पर्यटक समेतलाई पु:यो। हामी चारजना बल्ल बल्ल हिउँ बाट निस्केर बँाच्न सफल भयौ। यता उता हेछौं त सबै सम्म भएको छ। पर्यटकको टेण्ट पनि देखिदैन सबैलाई हिमपहिरोले छोप्यो।

पहिरोले हेर्दा हेदै सैगै रहेको भाइ सहित सबैलाई ढाक्यो। भाइले आठ महिना अघी मात्र बिहे गरेको थियो। हामी चार बल्ल बल्ल हिउँवाट बाहीर निस्क्यौ। त्यसपछि भार्ई लगाएत सबै साथीहरुलाई खोज्यौ सफल भएनौ।

हेर्दा हेदै सगैको भाइलाई पहिरोले लगेपछि होसहवास छोड्यो। स्विजरल्याण्डका अल्र्फेड लर्च त पहिरोवाट निस्कन सफल भए तर उनका भाइ र साथी पहिरोमा हराए ।

रात छिपीदै गएको थियो। त्रास झन झन बढ्दै गइरहेको छ। किचनका सामान, लाल्टीन, बक्ती सबै हिमपहीरोले लग्यो। सुनसान रात अनी त्यो बिभत्स घटना सम्झदै कहाली लाग्यो। यो सवै सपना हो की जस्तो पनि लाग्यो। तर त्यो सत्य थियो।

पहिरो भन्दा केही तल खोलाको किनारमा ढुङ्गाको अकारमा काम्दै रात काट्यौ। बिहान उझयालो भएपछि पहिरो गएको ठाउँमा गयौ। केही साथीहरु बचाउन सकीन्थ्यो समयमै खोजी तलासी गरेको भए जस्तो लाग्छ।

गाउँमा हारगुहार गर्न हामी दुई सिङदी तामाङ र म जाने निणर्य गर्‍यौ र गयौ। दुईमीटर भन्दा गहिरो हिउँमा बाटो खोल्दै हामी कही हातले मात्र टेकेर कही घिसीएर साङदाङ गाउँ जादै थियौ। गाउँ आउनु केही अघि टेण्ट दिखियो। त्यहा हारगुहार गयौं।

त्‍यहाँ चाउचाउ र च्युरा साथीहरुले दिए। खाएर गाउँतर्फ हारगुहारकालागि गयौ। त्यहाँ गाउँलेले यस्तो हिउँमा बाँचेर आएको भन्दै नयाँ जिवन पाएको बताउदै यस्तो अवस्थामा उद्धारमा जानै नसकिने बताए। त्यसपछि आज हामीलाई साङदाङवाट आज हेलीकप्टरमा पोखरा आइपुग्यौ।

हिमपहिरोवाट हामी दुई जना अहिले सामान्य भइसकेका छौ। भाईको चिन्ताले भने सताइरहेको छ। अझै पहिरो भएको ठाउँमा खोज्न जान सके भाइ र बँाकी साथीहरुलाई उद्धार गर्न सकीन्छ की भन्‍ने आशा छ।

स्विजरल्याण्डका तीन पर्यटक सहित १६ जनाको टोली बेनीवाट, धौलागिरी पास गरेर मार्फवाट, जोमसोम पुगेको उनले बताए। फलेगाउँवाट पहिरो गएको ठाउँ साङदाङमा रात बिताउने क्रममा त्यो घटनाभएको हो। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •