उपल्लो मुस्ताङमा भीषण बाढी

63
  •  
  •  
  •  

काठमाडौँ, ४ पुस ।

हिमालपारीको जिल्ला मुस्ताङमा हिउँ पहिरोपछि भीषण बाढी आएको छ । उपल्लो मुस्ताङमा पर्ने घमी गाविसको ढाक्मार गाउँमा ठूलो बाढी आएको छ ।

हिउँ पग्लेर आइतबार विहान एक्कासी आएको बाढीले ढाक्मार क्षेत्रका आठवटा काठका पुल बगाएको छ ।

यस्तो ठूला–ठूला ढुंगा खसेर जोमसोम लोमान्थाङ सडक अवरुद्ध बनेको मुस्ताङका प्रजिअ भीमराज पोखरेलले बताए ।

अहिलेसम्म मानवीय क्षतिको विवरण भने छैन ।
नेपाल समाचारपत्रबाट


  •  
  •  
  •