हिलारीले भनिन् : लेवन्सिकी काण्डभन्दा अगाडी बढिसकेँ

115
  •  
  •  
  •  

काठमाडौं, २३ जेठ (एजेन्सी) : अमेरिकामा सन् २०१६ मा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने दौडमा रहेकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले लेवन्सिकी काण्डभन्दा आफू धेरै अगाडी बढेको बताएकी छिन् ।

उनका पति तथा पूर्वराष्ट्रपति विल क्लिन्टनको दोस्रो कार्यकाल यो काण्ड भएको थियो । राष्ट्रपति क्लिन्टन र उनकी सहयोग मोनिका लेवन्सिकीबीच यौन सम्बन्ध रहेको सार्वजनिक हुँदा विल क्लिन्टनले सार्वजनिक रुपमा माफी मागरे आफ्नो पद जोगाएका थिए ।

यो घटनापछि गुप्त रहेकी मोनिकाले करिब एक दशकपछि सो घटनाबारे एक पत्रिकामा लेख लेखेपछि पहिलो पटक हिलारीको टिपपणी आएको हो । पीपुल म्यागजीनसँगको अन्तर्वार्तामा हिलारीले मोनिकाले लेखेको लेख पढ्ने फुर्सद नभएको जवाफ दिएकी थिइन् । लगभग विर्सिकेको यो घटना मोनिकाले लेख लेखेपछि फेरि चर्चामा आएको छ ।


  •  
  •  
  •