काठमाडौँ, १६ फागुन(एजेन्सी) : हिलारी क्लिन्टन अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डेमोक्रेटिक पार्टीको उम्मेदवारको दौडमा साउथ क्यारोलिनामा जित हासिल गरेकी छन् ।
हिलारीले आफ्नो प्रतिद्वन्द्वी बर्नी सेन्डर्सलाई पराजित गरेकी हुन् । उनको जित पहिलेदेखी नै अपेक्षित थियो तर, यसले ११ राज्यमा आगामी साता हुने ‘सुपर ट्युजंडे’ प्राइमरीका लागि उनको मनोबल बढिरहेको छ ।
सेन्डर्सले साउथ क्यारोलिनामा आफ्नो हार स्वीकार गरेका छन् । तर, उनले अभियान भर्खर सुरू भएको बताएका छन् । आयोवा र नेवादापछि हालारीले चार चुनावमा यो तेस्रो जित हो । न्यु ह्याम्शायरमा उनी सेन्डर्ससँग पराजित भएकी थिइन् ।
८ वर्ष अगाडि हिलारीले साउथ क्यारोलिनाको प्राइमरीमा बाराक ओबामालाई भारी मतले पराजित गरेकी थिइन् । मतदान सकिएपछि उनले समर्थकलाई यस पटक अवस्था फरक भएको बताएकी थिइन् । उनले भनिन्, ‘तपाईहरूले सन्देश पठाउनु भएको छ । अमेरिकामा जब हामी एकजुट हुन्छौ त यस्तो बाधा नै छेन् जसलाई हामी तोड्नै सक्दैनौँ ।’
रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पप्रति संकेत गर्दै उनले भनिन्, ‘हामीलाई दोस्रो पटक अमेरिकालाई पुनः महान् आवश्यकता छैन् । अमेरिकाको महानता कहिल्यै रोकिएको छैन् ।’
एक्जिट पोलका अनुसार साउथ क्यारोलिनामा १० काला जातिका मतदाताहरूमश्ये ८ जनाले हिलारीलाई समर्थन गरेका थिए । यो डेमोक्रेटिक मतदाताहरूको एक महत्वपूर्ण समुह हो ।