अमेरिकी राष्ट्रपतिमा क्लिन्टनद्वारा उम्मेदवारी घोषणा

151
  •  
  •  
  •  

hillary_clinton_काठमाडौं ३० चैत (एजेन्सी) : अमेरिकाका पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले सन् २०१६ मा हुने राष्ट्रपति पदको चुनावका लागि डेमोक्रेटिक पार्टीमा उम्मेदवारी घोषणा गरेकी छिन । आफ्नो वेभसाइटमा राखिएको एउटा भिडिओमा उनले घोषणा गरेकी छन्, “म राष्ट्रपति पदका लागि लड्दैछु, प्रत्येक दिन अमेरिकीहरुलाई एकजना च्याम्पियन चाहिएको छ र म त्यो च्याम्पियन बन्न चाहन्छु।”

आफ्नो अभियानको वेभसाइट सुरु गर्दै हिलारीले आफू अमेरिकी जनताको च्याम्पियन बन्न चाहेको बताइन । राष्ट्रपति पदका लागि क्लिन्टनले सन् २००८ मा मनोनयन दर्ता गराएपनि बराक ओबामाले उनलाई जितेका थिए। हिलारी सन् २००८ मा पनि पार्टीभित्र राष्ट्रपति पदका लागि उम्मेदवारी दिएकी थिइन ।

तर उनी वर्तमान राष्ट्रपति बराक ओबामासँग पराजित भएकी थिइन । क्लिन्टनको टोलीले जनस्तरमा समर्थन जुटाउने प्रयासस्वरुप आगामी केही साता त्यसका निम्ति खर्चिने जनाएको छ। हिलारीका पति बिल क्लिन्टन ४२ औं राष्ट्रपति भएका थिए । यदि हिलारीले राष्ट्रपति चुनाव जितेमा उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन् ।


  •  
  •  
  •