बिमान अपहरणमा नेपालको ब्यथा

517
  •  
  •  
  •  

१४ बर्षसम्म दोषि अहिले निर्दोष
काठमाडौं २४ चैत (ओएनएस) : चौध बर्षअघि काठमाडौंबाट भएको इन्डियन एयरलाइन्स बिमान अपहरणमा संलग्न भएको अभियोगमा पञ्जावको पटियाला केन्द्रीय जेलमा रहेका भुपालमान दमाइ उर्फ युसुफ नेपालीलाई अदालतले निर्दोष ठहर गरेको छ ।
पञ्जाव र हरियाण उच्च न्यायलयले दिएको आदेशपछि शनिबार साँझ जेलमुक्त भएका नेपालीलाई सुरक्षित घेरामा राखेर गोरखपुर हुँदै नेपाल पठाइने भएको छ । सुरक्षा स्रोतलाई उल्लेख गर्दै आएको जानकारीमा उनको नाडीमा बिशेष संकेतयुक्त ‘स्टाम्प’ लगाइएको छ जसका भरमा उनी गोरखपुरसम्म निशुल्क ट्रेन यात्रामा जान सक्नेछन् ।
काठमाडौंबाट दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको आइसी-८१४ बिमानलाई अपहरणकारीले अफगानिस्तानको कान्दाहार पुर्‍याएका थिए । अपहरित विमानमा १७८ यात्रु रहेका थिए । उक्त अपहरणमा संलग्न १० जना व्यक्तिमा ७ जना पाकिस्तानी, २ जना भारतीय र एक नेपाली रहेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले अनुसन्धान सार्वजनिक गरेको थियो ।
सन् १९९९ को डिसेम्बर २४ देखि सन् २००० जनवरी १ सम्म अपहरणकारी कब्जामा रहेको बिमानलाई भारतको अमृतसर, पाकिस्तानको लाहोर हुँदै दुबइबाट कान्दाहर पुर्‍याइएको थियो ।
विमान अपहरणलगत्तै मुम्बइमा भएको एक बैंक डकैतीमा संदिग्ध पात्रका रुपमा युसुफ नेपालीलाई पक्राउ गरिएको थियो । ‘अपहरणकारीलाई लजिस्टिक-सपोर्ट उपलब्ध गराएको अभियोगमा युसुफ नेपाली र अर्का एक भारतीय दिलिपकुमार भुजेल कारवाहीको दायरामा आएका थिए,’अदालती निर्णयपछि मिडियामा आएको जानकारी छ-‘सन् २००९ देखि पश्चिम बंगालको केन्द्रीय जेलमा सरुवा गरिएका भुजेल पनि शनिबारको निर्णयसागै जेलमुक्त भएका छन् ।’
सन् २००८ को फेब्रुवरी २ मा सीबीआइले नेपाली र भुजेल बिमान अपरहणमा संलग्न रहेको भन्दै आजीवन कारावास हुनुपर्ने भन्दै बिशेष अदालतमा उजुरी हालेको थियो । तर यो आधारमा कुनै प्रमाण जुटाउन नसकेकाले अदालतले दुबैलाई निर्दोष सावित गरेको हो । कान्तिपुर

  •  
  •  
  •