राजमार्ग सुचारु गर्न संसदीय समितिको निर्देशन

81
  •  
  •  
  •  

काठमाडौं, १५ भदौ (ओएनएस) : व्यवस्थापिका संसदको विकास मितिले पछिल्ला दिनमा बाढी पहिरोका कारण अबरुद्ध बनेका राजमार्ग सुचारु गर्न सम्बन्धीत निकायलाइ निर्देशन दिएको छ । पुर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा बिग्रिएका पुलको मर्मत संहार गरेर राजमार्ग सुचारु गर्न समितिले निर्देशन दिएको छ । संसद सचिवालय सिंहदरवारमा आइतबार बसेको समिति बैठकले राजमार्ग, सडक र पुल सुचारु गर्न निर्देशन दिएको समिति सभापति रवीन्द्र अधिकारीले जानकारी दिए ।

बाढी पहिरोका कारण बिग्रिएका राजमार्गको अबस्थाबारे १० दिन भीत्र लिखित विबरण पठाउन भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्रालयलाइ निर्देशन दिएको छ । बैठकमा सडक विभागका महानिर्देशक देबेन्द्र कार्कीले महोत्तरीको रातु खोलामा डाइभर्सन मार्फत राजमार्ग सुचारु गरिएको बताए । उनले पुल भासिएको ठाउमा बेलीब्रिज निर्माणको काम पनि अगाडी बढेको बताए ।


  •  
  •  
  •