उच्चस्तरीय राजनीतिक सयन्त्रको बैठक सिंहदरबारमा

163
  •  
  •  
  •  

काठमाडौं १७ माघ (ओएनएसए) : सरकारको कामको समिक्षा र भावी कार्यक्रम तय गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । संयोजक एवं सत्तासीन दल एमाओवादीका अध्यक्ष पुष्पमकल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको हिजोका भेटपछि आज बैठक तय भएको हो ।

सरकारको कामकारबाही, आसन्न भारत भ्रमण, साढे चार महिनादेखि निरन्तर नाकाबन्दी र त्यसबाट सर्वसाधारणको दैनिकीलगायतका विषयमा केही नीति तय गर्ने गरी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो ।

ओलीले संयन्त्रको बैठकमा आफूले केही महत्वपूर्ण एजेन्डामा स्पष्ट तयारी गरेका छन् । दाहाल र ओलीबीच मधेसी दलबीच बन्न लागेको महागठबन्धन, त्यसलाई दिल्लीदेखि बिहारसम्मका केही नेताको सहयोग र समर्थनबारे पनि छलफल हुने स्रोतले बतायो । बैठक बिहान बजेपछि सिंहदरबारमा बस्दैछ ।


  •  
  •  
  •