हाइप्रोफाइलका २८ व्यक्ति गलतबाटोबाट लाइसेन्स लिनेमा संलग्न भएको खुलासा

851
  •  
  •  
  •  

काठमाडौं, २ भदौ ( ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग, सवारी चालक अनुमति पत्र कार्यालय बागमतीका पूर्व निमित्त प्रमुख रामदत्त भट्ट र सात बिचौलियासहित १६ जनाविरुद्ध विशष अदालता मुद्दा दायर गरेको गर्यो । उनीहरुमाथि घुस लिएर घुस लिएर सवारी चालक अनुमति पत्र दिएको आरोप लगाइएको छ । आयोगले घुस दिएर सवारी चालक अनुपत्र लिने १ सय ९७ जनाको चालन अनुमतिपत्र रद्दपनि गरेको छ ।

अख्तियारले घुस लिन र दिन भुमिका मिलाउने बिचौलियालाईमाथिसमेत मुद्दा दायर गरेको छ । अख्तियारले सोमवार १६ जनामाथि मुद्दा दायर गरेको हो ।
तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलगायतका हाइप्रोफाइल बनाएका व्यक्तिका छोरा छोरीले अनियमित तरिकाले सवारी चालक अनुमति पत्र लाईसेन्स लिएको खुलासा भएको छ ।

अनुसन्धानका क्रममा प्रहरी प्रवक्ता गणेश केसीको छोरी, ताना गौतमको छोरी, रमेश लेखकका छोरा, पूर्व यातायात राज्य मन्त्री, लोकमानसिंह कार्कीका छोरा अभिमन्यु कार्कीलगायतले अनियमित तरिकाले लाइेन्स लिएको पाइएको छ । ट्राफिक प्रहरीेका डिएसपी सुमन तिमिल्सेना र प्रहरी इन्सपेक्टर कृष्ण शर्मा आफैले पनि गलतबाटोबाट लाइसेन्स लिएको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार चितवन, सिन्धुपाल्चोक, दोलखासम्मबाट चालकलाई झिकाएर लामो अनुसन्धान भए पनि २८ जना हाइप्रोफाइल भएका व्यक्तिका छोरा छोरीका वारेमा अनुसन्धान भएन । हाईप्रोफाइल भएकाहरुका छोरा छोरीले फेल भएर अभिलेख सच्याएको र केहीले लामो समय लाइसेन्स रिन्यू गर्न नआएको, नाममा नयाँ नाम सच्याएर लाइसेन्स लिएको यातायत कार्यालयका एक उच्च अधकारीको भनाई छ । ती अधिकारीले कुनले कसरी लाइसेन्स लिए विस्तृत बिबरण भने खुलाएनन् । अख्तियारका एक अधिकारले पनि अनुसन्धान नभएको स्वीकार गरे ।

अख्तियारले हाई प्रोफाइल बनाएका व्यक्तिका छोरा छोरीलाई भने कुनै कारवाही गरेको छैन । उनीहरुलाई लाइसेन्स लिन सहयोग गर्ने कसैलाई पनि अख्तियारले छाडेको छैन् । अख्तियारले कम्प्युटर इन्जिनियर हरिश भट्ट, शाखा अधिकृतद्वय रामेश्वर अर्याल र बालकुमार खतिवडा, कम्प्युटर अधिकृत राजेश पाछै महर्जन, कम्प्युटर अपरेटरहरु संजीव न्यौपाने, दिलीप सिंह धामी, पुष्करचन्द्र घिमिरे र राजनबाबु रिमालविरुद्ध मुद्दा दायर गरेको छ ।
यस्तै ड्राइभिङ स्कुल संचालन तथा बिचौलियामा काम गर्ने रमेश तामाङ, शम्शेरबहादुर थिङ, वसन्तकुमार कार्की, अमरमणि बराल, प्रभात पाठक, दधिराम सुवेदी र आङदावा शेर्पाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

सवारी चालक अनुमति पत्र कार्यालय कर्मचारीहरु र बिचौलियाको मिलोमतोमा घूस लिर्इ ६ महिनाको अवधिमा प्रयोगात्मक परीक्षामा फेल भएका १९७ लार्इ ड्राइभिङ लाइसेन्स दिइएको पाइएको छ । यस्तै प्रयोगात्मक परीक्षामा फेल भएपछि नियम विपरित ३ महिना अगावै पुनः प्रयोगात्मक परीक्षामा सहभागी गराई ५७३ लार्इ अनियमित तरिकाबाट कार्यालयको ढड्डा तथा कम्प्युटर अभिलेख सच्याई सवारी चालक अनुमति पत्र जारी गरेको अख्तियारको आरोप छ ।

५३ लाख ७८ हजार कुल बिगो दाबी गरिएको छ । साथै प्रयोगात्मक परीक्षामा फेल भई अनियमित तरिकाबाट जारी भएका १९७ लाइसेन्स रद्ध गर्न यातायात व्यवस्था विभागमा लेखी पठाइएको छ ।

साथै महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट संकलन भएका ३०६ वटा नक्कली लाइसेन्स आवश्यक थप अनुसन्धान एवं कारवाहीका लागि प्रहरी प्रधान कार्यालय पठाइएको छ ।


  •  
  •  
  •