हजार उच्च व्यक्ति अख्तियारको निगरानीमा

202
  •  
  •  
  •  

काठमाडौं, १९ मंसिर (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला व्यक्तिहरुको सम्पत्तिमा छानविन सुरु गरेको छ । एक हजारभन्दा बढीको सूची बनाएर छानविन थालेको अख्तियार प्रमुख लोकमान सिंह कार्कीले बताएका छन् । तर, बाहिर देखिएको रवाफ अनुसार भित्री सम्पत्ति भने अख्तियारले पत्ता लगाउन सकेको छैन । संसदको सुशासन समितिमा अख्तियार प्रमुख कार्कीले ठूला व्यक्तिहरुको बैंक खाता र पारिवारीक सम्पत्ति कमजोर रहेको बताए ।

सुशासन समितिका सभापति शेरधन राईले अख्तियारले ससाना प्रकरणमा मात्र हात हालेको टिप्पणी गरपछि कार्किले भने ‘हामी एक हजार भन्दा धेरै ठूला ब्यक्तिहरुको सम्पत्ति बिबरण छानविन गरिरहेका छौ तर ठूलाठूला ब्यक्तिहरुको बैंक एकाउन्टमा ५ सय रुपैयाँ मात्र देखिन्छ, उनीहरु भाडाको घरमा बस्छन् ।’

ठूला ब्यक्तिले आफ्नो र आफ्नो परिवारको नाममा सम्पत्ति राख्ने चलन नरहेको र ससुराली समेत आर्थिक हिवासले कमजोर देखिएको र कंगाल रहेको उनले बताए । उनले सम्पत्तिको हकमा कुनैपनि निम्नस्तरका कर्मचारीलाई अहिलेसम्म कारवाही नगरेको बताए । अर्को प्रसंगमा कार्कीले विद्युत लाइसेन्स खारेजीका सम्बन्धमा कुनै पनि किसिमको निर्देशन नदिएको तर ऐनबारे ध्यान आकर्षण मात्र गराएको उनले बताए । उनले कानुनलाई खल्तीमा राख्ने प्रबृत्ति बढेकाले त्यसप्रति सचेत गराउन खोजेको दावी गरे ।


  •  
  •  
  •