उच्च रक्त कोलेस्ट्रोलः लक्षण, कारण र निवारण

337
  •  
  •  
  •  

डा. हेमराज कोइराला
डिसलिपिडिमिया अर्थात कोलोस्टेरोल र ट्राईग्लिस्राईड जस्ता रक्त चिल्लोको गडबडी हुने समस्या आज हरेक बयस्क व्याक्तिको समस्या जस्तै भईसकेको छ। हाम्रो रगतमा सयूक्त कोलेस्टेरोल, काईलोमाईक्रोन, एलडीएल कोलेस्टेरोल, भिएलडिएल कोलेस्टेरोल, र एचडीएल कोलेस्टेरोल, ट्राईग्लिसराईड नाम गरेका रक्त चिल्लोहरू पाईन्छन्।
यी सबै रक्त चिल्लोको आ-आफ्नै स्वस्थ रक्त स्तर छ। यी चिल्लोहरूको रक्त स्तर स्वासथ्यमा प्रतिकुल असर पर्नेगरि बढ्नु वा घट्नुलाई रक्तचिल्लोको गडबडी वा डीसलिपिडीमिया भनिन्छ।
डीसलिपिडीमियाका लक्षणहरूः
१. हिँड्दा वा उभ्भिदा खुट्टा दुख्ने।
२. छाती दुख्ने वा छातीमा असहज महसुस हुने।
३. दम बढ्ने।
४. अपच, अजीर्णता र एसिडिटी।
५. निन्द्रामा समस्या।
६. चक्कर लाग्ने।
७. सामान्य अवश्थामा मुटु चलेको महसुस हुने।
८. चिसो पसिना आउने।
९. वाकवाकी आउने वा वान्ता हुने।
१०. हातगोडा, पेट वा घाटीका भेनहरू सुन्निने।
११. बहोसी।
नोटः उपरोक्त लक्षणहरू व्यायाम र तनावको अवश्थामा झनै बढ्ने गर्दछ।
कारणहरूः
१. उच्च शारीरिक तौल र मोटोपन।
२. भूँडीलाग्ने समस्या वा कोमल अङ्गमा बोसो जम्ने समस्या।
३. मधुमेह
४. हाईपोथाईराईडिजम।
५. अल्कोहोलिजम।
६. पोलिसिष्टिक ओभरीयन सिन्ड्रोम।
८. मेटाबोलिक सिण्ड्रोम
९. ट्रान्स याट, सेचूरेटेड फ्याट र अन्य चिल्लोको अधिक सेवन्।
१०. कुसिङ्ग सिन्ड्रोम।
११. ईरिटेबल बवेल सिन्ड्रोम
१२. कडा किसिमको ईन्फेक्सन।
१३. आनुवंशिकी।
१४. उमेर।
१५. लिङ्ग
जोखिम कारक तत्वहरूः
रक्त चिल्लोको गडबडी हुनमा धेरै जोखिम कारक तत्वहरूको हात हुने गर्दछ।
१. पारिवारिक ईतिहास।
२. उमेरः ३० वर्ष पछिको उमेर।
३. लैङ्गिकताः विशेष गरेर महिनावारी सुकेका महिलाहरू।
४. उच्च शारीरिक तौल र मोटोपन।
५. भूँडीलाग्ने समस्या वा कोमल अङ्गमा बोसो जम्ने समस्या।
६. श्रम र व्यायाम समाहित नभएको निष्क्रिय जीवन।
७. टायप–२ मधुमेह
८. हाईपोथाईराईडिजम।
९. मद्यपानको कुलत ।
१०. धूम्रपान वा सूर्तीको कुलत्।
११. अवैध औषधिको सेवन।
१२. यौन सम्पर्कबाट सर्ने रोगहरू।
१३. दीर्घकालिन मृगौला रोग।
१४. दीर्घकालिन कलेजो रोग।
१५. मेटाबोलिक सिण्ड्रोम
१६. पोलिसिष्टिक ओभरीयन सिन्ड्रोम।
१७. ट्रान्स याट, सेचूरेटेड फ्याट र अन्य चिल्लोको अधिक सेवन्।
१८. कुसिङ्ग सिन्ड्रोम।
१९. ईरिटेबल बवेल सिन्ड्रोम
२०. कडा किसिमको ईन्फेक्सन।
२१. अपच, अजीर्णता, आन्द्राको रोगहरू।
डिसलिपिडिमियाको प्राकृतिक उपचारः
१. तौल कम गर्नुहोसः तौल बढेका हरूलाई डिसलिपिडिमियाले औघि सताउने हुँदा आफ्ने कद अनुसारको तौल नियन्त्रण गर्नुहोस।
२. नियमित रूपमा व्यायाम गर्नुहोसः शरीरिक व्यायाम रश्रम बाट पन्छने वा भनौ निष्क्रिय जीवनशैली भएका हरूलाई पनि डिसलिपिडिमियाले सताउने हुँदा शारीरिक व्यायामलाई आफ्नो दिनचर्याको हिस्सा बनाउने गरौ। नियमित रूपमा व्याम गर्दा एचडिएल कोलोस्टेरोलको रक्त स्तर बढ्ने र संयूक्त कोलेस्टेरोल, एलडिएल कोलेस्टेरोल र ट्राईग्लिसीराईडको रक्त स्तर बढ्ने गर्दछ। दैनीक कमसे कम ३० मीनेट हफ्ताको पाँच दिन एरोविक व्यायाम (दम बढ्ने र श्वास फूल्ने किसिमको) गर्दा डिसलिपिडिमीयाको समस्यालाई चाडै नियन्त्रणमा लिन सकिन्छ।
३. उपवास गर्नुहोसः उपवासलाई डिसलिपिडिमियाको सन्धर्भमा परम औषधि नै मान्नु पर्नेहुन्छ। उपवास धेरै तरिकाले गर्न सकिन्छ। दैनिक १६ घण्टा भोकै बसेर र आठ घण्टा भित्र खाना खाएर गरिने आवधिक उपवासलाई अन्य भन्दा सरल र सहज मानिएको छ । उपवासको यथोचित प्रयोगले उच्च रक्त कोलेस्टेरोललाई कम गर्न राम्रो भूमीका खेल्दछ।
४. प्रशस्त फलफुल तथा तरकारीको सेवन गर्नुहोसः रक्त कोलेस्टेरोललाई नियन्त्रण गर्नको लागि दिनको दुईचोटी आफ्नो शारीरिक तौल लाई १० ले गुणन गर्दा आउने गुणनफल बराबर ग्राम चार किसिमको फलफूल नियमित खानुपर्ने हुन्छ। उदाहरणको लागि यदि तपाईको तौल ७० किलो छ भने तपाईले दैनिक ७०ह्१०≠७०० ग्राम फलपूmल बिहान ९ बजे र ७०० ग्राम नै फलफूल दिउसो ३ बजे खानुपर्ने हुन्छ।
५. जीरो आयल खानेकुरा खानुहोसः कोलेस्टेरोल बढ्नुको एउटा मूख्य कारण मध्ये तेल, घ्यू, बोसो, माछा, मासु, अण्डा जस्ता उच्च मात्रामा चिल्लो भएका खानेकुराहरूको सेवन पनि हो। कोलेस्टेरोल घटाउन चाहने हरूले तेल, घ्यू नहाली पकाईने जीरो आयल कुकिङ्ग विधि सिक्नु पर्ने हुन्छ र तेल–घ्यू रहीत खानेकुराहरू खानुपर्ने हुन्छ। शरीरलाई चाहिने चिल्लो पूर्तिका लागि काजु, बदाम, आलसको बियाँ, फर्सीको बियाँ, सूर्यमूखीको बियाँ, नरिवल, मुङ्गफली आदिको सेवन गर्नुपर्ने हुन्छ। रक्त चिल्लोको गडबडी भएर कोलेष्टेरोल र ट्राईग्लिसिराईड बढेकाहरूले तेल, घ्यू र अन्य प्राणीबाट प्राप्त चिल्लो जस्तै चीज, पनिर, बटर, माछा, माशु, अण्डा आदी पनि खानु हुदैन।
६. धूम्रपान त्यागनुहोसः धूम्रपान गर्नेहरूमा डिसलिपिडिमिया आम समस्या हो र त्यसमा पनि कोलेस्टेरोल र लो–डेन्सिट–लिपोप्रटिन–कोलेस्टेरोल बढ्दछ भने हाई–डेन्सिट–लिपोप्रटिन–कोलेस्टेरोल घट्दछ।यसै गरि धूम्रपानको धुवाले प्लास्म लो–डेन्सिट–लिपोप्रटिन–कोलेस्टेरोलको अक्सिडेसन प्रक्रिया बढाईदिने हुँदा रक्तनलीको भित्री पत्र ईण्डोथेलियमको क्रियालाई पनि गडबड गर्दछ।
७. मद्यपान त्यागनुहोसः रक्सी सेवन गर्नेहरूमा पनि डिसलिपिडिमिया आम समस्या हो। रक्सीले विशेष गरि ट्राईग्लिसराईड बडाउने र एचडीएल कागगर्ने गर्दछ। यसका अतिरित्त कलेजोको खराबी, मुटुका मांशपेशीहरूको खरावी लगाएत अन्य थुप्रै समस्याहरू थोपरिदिने हुँदा समग्र स्वास्थ्यमा समेत असर पु¥याउदछ।
८. चिनी र प्रशोधित कार्बोहाईडे«ट्स नखानेः रक्त चिल्लोको गडबडी भएका हरूले चिनी र प्रशोधित कार्बोहाईड्रेट्सको सेवन गर्नु हुदैन। यस्ता खानेकुराको सेवनले कलेजोलाई उत्तेजीत बनाएर कोलेष्टेरोलको उत्पादन ज्यादा गर्दछ।
९. ट्रान्स फ्याट र हाईड्रोजेनेटेड फ्याटको त्यागः डालडा घ्यू वा वनस्पति घ्यूको नामले प्रशिद्ध हाईड्रोजेनेटेड फ्याट र माछा, मासु, अण्डा जस्ता जंङ्गम श्रोतका खानेकुराहरूमा पाईने ट्रान्सफ्याटको सेवनले रक्तचिल्लो गडबड गरेर मुटु एवं रक्तनलीको जोखिम बढाउदछ। यसैगरि प्राकृतिक तेल एवं घ्यूलाई पनि बारबार तलाउने गर्दा तेल शिस रूपबाट ट्रान्स रूपमा बदलिएर हानिकारक बन्दछ।
१०. खाद्येरेशाको प्रयोगः खद्ये रेशाको यथोचित प्रयोग गर्ने गर्दा मुटु तथा रक्तनलीका रोगहरू, हृदयघात, मस्तिष्कघात, उच्चरक्तचाप, मधुमेह, मोटोपन, अपच, अजिर्ण, अग्निमान्ध्य जस्ता पेटका रोगहरूलाई पनि राम्रो गर्दछ भने रक्तचिल्लोको गडबडी भएर ट्राईग्लिसराईड र कोलोस्टोरोल, एलडीएल कोलेस्टेरोल बढ्ने, एचडीएल कोलेस्टेरोल घट्ने समस्यालाई समेत ठिक गर्न मद्यत गर्दछ।घुलनशिल र अघुलनशिल खाद्यरेशा दुबैले कलेजोबाट उत्सर्जीत बाईल एसिडलाई सानो आन्द्राबाट अवशोषित गरि दिशाबाट उत्सर्जीत गरिदिने गर्दछ। यसरी बारबार बाईल एसिडको क्षयहुदा कलोजोले बारबार रक्त कोलेस्टेरोलको उपयोग गरेर बाईल एसिड बनाई रहन्छ र रक्त कोलेस्टेरोलको मात्रा कम गर्न मद्यत गर्दछ।
११. आमेगा–३ फ्याट्टि एसिडको सेवनः पुछार तिरको तेश्रो कार्वन एटममा डबल बण्ड भएको फ्याट्टि एसिडलाई आमेगा–३ फ्याट्टि एसिड भनिन्छ। आमेगा–३ फ्याट्टि एसिड डेकोसाहेक्साईनोईक एसिड र आईकोसापेन्टाईनोईक एसिड गरेर मुख्य दुई प्रकारका छन्। आमेगा–३ फ्याट्टि एसिडको सेवनले ट्राईग्लिसराईड र नन्एचडीएल कोलेस्टेरोल घटाउन विशेष मद्यत गर्दछ ।
१२. लसुनको सेवनः लसुनलाई लिपिड लोअरिङ्ग एजेण्टको रूपमा परापूर्वक कालदेखि प्रयोग गरिदै आईएको हो। लसुनको सेवनले ट्राईग्लिसराईड र नन्एचडीएल कोलेस्टेरोल घटाउनुको साथै रक्तचाप पनि कमगर्न मद्यत गर्दछ। लसुनमा रहेको विभिन्न फाईटो केमिकलहरूले कोलेस्टेरोलको संश्लेषण रोक्ने र एलडिएलको अक्सिडेसन पनि रोक्ने गर्दछ।
१३. रातो धानको जाँडः रातो धानको चामलबाट बनाईएको जाँडमा कोलेस्टेरोल कमगर्ने मोनोकोलिन–के नामक यौगिक पाईन्छ। मोनोकोलिन के कोलेस्टेरोल घटाउन प्रयोग गरिदै आएको लोकप्रिय औषधि हो ।यसका अलावा रातो धानको जाँडमा पोली केटाईड, फाईटोस्टेरेल, अनसेचूरेटेड फ्याट्टि एसिड र थुप्रै प्राकृतिक पिगमेण्टस पाईन्छ।यी तत्वहरूले मूलतः ५–हाईड्रोअक्सी–मिथाईल–ग्लूटाईल–कोएञ्जायम–ए रिडक्टेज लाई अवरोध गरेर कोलेस्टोरोल शंस्लेषणलाई कम गर्ने गर्दछ।
१४. आर्टिचोक खानुहोसः आर्टिचोकको पत्ताको रस पिउनाले राम्रो कोलेस्टेरोलको रक्त स्तर बढेको र नराम्रो कोलेस्टेरोलको रक्तस्तर कमभएको पाईएको छ। रक्त कोलेस्टेरोल कम गर्ने भएकै हुँदा आजकल आर्टिचोकको प्रयोगलाई विशेष जोड दिनेगरिएको छ। यसै गरि आर्किचोकको सेवनले पेट, कलेजो र आन्द्राको स्वास्थ्यलाई राम्रो गर्ने वैज्ञानिक अनुशंधानहरूले पुष्टि गरिसकेका छन।कोलेस्टेरोल घटाउनकालागि दैनिक ०.५ ग्राम देखि २ ग्राम पातको रस खानु राम्रो हो।
१५. मेथीको सेवनः मेथीको नियमित सेवनले पनि रक्त कोलेस्टेरोल कमगर्न विशेष भूमिका खेल्दछ। मेथीको सेवनले कोषहरूमा एलडीएल रिसेप्टारहरूको संख्या बढाई दिने र मेथीमा विद्यमान ४–हाईड्रोअक्सी–आईसोल्यूसीनले बोसो जमा हुने दरलाई कम गरिदिने गर्दछ ।
१६. गुग्गुलिपिडको सेवनः जडिबुटी औषधिको रूपमा लामो समय देखि प्रयोगमा आई रहेको गुग्गुलु बाट निकालिएको गग्गुलिपिड को सेवनले पनि कोलेस्टेरोल कम गर्ने तथ्य पुष्टि भईसकेको छ।
१७. अदुवाको सेवनः २०१८ मा गरिएको एउटा अनुशंधानले दर्शाए अनुरूप दैनिक ५ ग्राम अदुवाको शेवनले तीन महिनामा १७.४ प्रतिसत सम्म एलडीएल कोलेस्टेरोल घटाएको पाईएको छ।
१८. भिटामिनहरूको सेवनः कोलेस्टेरोल कमगर्नका लागि भिटामीनहरूको सेवन पनि लाभदायक हुने पाईएको छ। कोलेस्टेरोल कमगर्न चाहनेहरूले विशेष गरि भिटामिन बी३ (नियासिन), भिटामिन बी ५ (पेण्टोथेनिक एसिड), भिटामिन सी (एस्कर्भिक एसिड) र भिटामिन डी (कोलेक्याल्सिफेरोल) आदिको सेवन गर्नै पर्ने हुन्छ।
१९. मिनिरलहरूको सेवनः सुक्ष्म तत्वहरू जस्तै म्याग्नेसियम, म्याग्नीज, जस्ता, सेलेनियम, तामा, कोईन्जाइम क्यू१०, कोलीन, क्रोमियम, आईनोसिटोल, लिपोईक एसिड, कार्निटिन जस्ता खनिज तत्वको सेवनले एचडीएल अथवा राम्रो कोलेस्टोरोलको रक्तस्तर बढाउने, एलडीएल अथवा नराम्रो कोलेस्टेरोलको रक्त स्तर घटाउने, संयूक्त कोलेस्टेरोलको रक्तस्तर घटाउने र ट्राईग्लिसराईडको रक्त स्तर घटाउने गरेको पाईएको छ।
२०. चाईनिज जडिबुटिको सेवनः कोलेस्टेरोलको उपचारमा परंम्परागत चाईनिज पद्धतिले उपयोगमा ल्याएको विविध प्रकारका जडिबुटिरू जस्तैः र्याडिक्स–एट–राईजोेमा–रेही, राईजोमा–पोलिगोनी–कस्पिडेटी, सेमेन–क्यासिया, कोप्टिस–साईनेन्सिस, स्कुटेलारिया–बाईक्यानेन्सिस, गाईनोस्टेम्ना–पेण्टाफाईलम, रेडिक्स प्यूरारिया, प्रूmक्टस क्राटेगी, राईजोमा–¥याडिक्स–साल्भिया–मिल्टिरोहिजा, टर्मेरोन, राईजोमा–एलिसम्याटिस, कोराको दाना, फोलियक नेलुम्विनिस, रेरिक्स–एस्ट्रागाली, रेडिक्स जिनसिङ्ग, रेडिक्स–पोलिगोनी मल्टिफ्लोरीको प्रयोगले उलेखनिय रूपमै कोलेस्टेरोल कमगर्ने तथ्य प्रकाशित भएका छन।
२१. धानको भूषको तेलः धानको भूषबाट निकालिएको तेलको सेवनले पनि रक्त कोलेस्टेरोललाई घटाउन मद्यत गर्दछ । धानको भूषको तेलमा ३८ प्रतिसत मोनोअनसेचूरेटेड, ३७ प्रतिसत पोलिअनसेचूरेटेड र २५ प्रतिसत सेचूरेटेड फ्याट पाईन्छ। यसै गरि उच्च एण्टिअक्सिडेण्ट गुण भएको गामा–आराईजानोल, भिटामीन–ई र फाईटोस्टेरोल पनि पाईने हुदाँ पनि पोषणको दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छ। धानको भूषको तेलको सेवन गर्नाले नराम्रो कोलेस्टेरोल घट्ने, राम्रो कोलेस्टेरोल बढ्ने र ट्राईग्लिसीरोईड पनि घट्ने गरेको पाईएको छ।
२२. तनाव व्यावस्थापन गर्नुहोसः मानसिक तनावमा परेकाहरूलाई पनि कोलेस्टेरोल र ट्राईग्लिसराईड बढ्ने समस्याले सताउँदछ। यसर्थ कोलेस्टेरोल कम गर्दा तनाव व्यावश्थापनलाई पनि ध्यान दिनु पर्दछ।
२३. प्रशस्त पानी पिउनुहोसः प्रशस्त मात्रामा पानी नपिउनेहरूका लागि पनि कोलेस्टेरोलको समस्याले सताउदछ। यसर्थ कोलेस्टेरोल बढ्न नदिनको लागि प्रशस्त मात्रामा पानी वा पानी धेरै भएका फलफूल, तरकारी, ग्रीन टी, काँढा आदी खानुपर्ने हुन्छ।
२४. उच्च मात्रामा खाद्यरेशा भएका खानेकुरा खानुहोसः उच्च मात्रामा खाद्यरेशा भएका खानेकुराहरू खादाँ कोलेस्टेरोल चाँडै नियन्त्रित हुँन्छ। हरियो सागपात, फलफूल, अप्रशोधित अनाज, ओट्स, कर्नफ्लेक्स, जुनेलो, बाजरा, सामा, कागुनी, चिनो, बोडी, सिमी आदिमा प्रशस्त मात्रामा खाद्य रेशा पाईन्छ।
२५. जडीबुटीको प्रयोगः ग्रीन टी, धनियाको बिज, प्याजको रश, ताजा अमला, स्याउको अमीलो, सून्तलाको रस, नरीवलको पानी, मुङ्गफली, बदम, ओखर, काँजु, पिस्ता, अंकुरित अन्न, आदीको यूक्त मात्रामा सेवन गर्ने गर्दा पनि कोलेस्टेरोल कम हुन्छ।

  •  
  •  
  •