उच्चस्तरीय राजनीतिक समितिको बैठक स्थगित

71
  •  
  •  
  •  

काठमाडौं, २५ असोज (ओएनएस) : शनिबार बस्ने भनिएको उच्चस्तरीय राजनीतिक समितिको बैठक स्थागित भएको छ ।

गठन भएपछि पहिलो पटक बस्न लागेको समितिको बैठक नेताहरुको कार्यव्यस्तताका कारण स्थागित भएको हो ।

समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रममा व्यस्त भएकाले बैठक स्थगित भएको सहयोगि शिव खकुरेलले जानकारी दिए । प्रचण्ड पर्यटन मन्त्रालयका कार्यक्रममा मुस्ताङ गएको र फर्कदा ढिला भएकोले बैठक स्थगित भएको बताइएको छ ।

बैठक आइतवारलाई बस्ने भएको छ ।


  •  
  •  
  •