पेट्रोल पम्पको लेडिज ट्वाइलेटमा वेबक्याम

126
  •  
  •  
  •  

girl-with-cameraकाठमाडौ, ५ पुस(एजेन्सी) : मध्य प्रदेशको राजधानी भोपालदेखि करीब ७५ किलोमिटर टाढा रहेको एक पेट्रोल पम्पको लेडिज ट्वाइलेटमा लुकाएर राखिएको वेवक्यामराबाट अश्लिल तस्विर लिइने गरेको घटना सार्वजनिक भएको छ ।

भोपालकी एक युवतीले पेट्रोलपम्पमा गरिएको उक्त दुष्कर्मको पर्दाफास गरेकी हुन् । हनुमान मन्दिरबाट फर्किरहेको अवस्थामा पेट्रोल पम्पको ट्वाइलेटमा जाँदा मोबाइलको नेटवर्क नभेटिएपछि शंका लागेर सबैतिर हेर्दा ढोकामा लुकाएर राखिएको क्यामरा फेला पारेकी थिइन् । उनले क्यामरा झिक्ने कोशिस गर्दा तार पनि सँगै भेटिन । त्यसपछि उनले आफ्नी आमा र भाईको सहायता लिएर क्यामरा निकालिन्, यसक्रममा पेट्रोल पम्पका कर्मचारीले उनीहरुलाई रोक्ने प्रयास गरे ।

युवतीले क्यामरा र तार झिक्ने क्रममा क्यामरामा जोडिएको तार एक कोठासम्म लगिएको र एक कम्प्युटरमा जोडिएको बताएकी छिन् । उनले प्रहरीलाई सम्पर्क गरिन् तर, प्रहरी २ घण्टासम्म पनि नआएपछि उनले क्यामरा आफ्नै घरमा लिएर गइन् ।

यसपछि प्रहरी नै उनको घरमा पुगेर यसबारे जानकारी लिएको थियो । उनले प्रहरीलाई त्यहाँ ५० वटा भन्दा बढी सिम कार्ड पनि देखेको बताएकी थिइन् । यस घटनापछि उनी केही डराएकी छिन् र सुरक्षाका लागि प्रहरीसँग आग्रह पनि गरेकी छिन् । आरोपीलाई पक्राउ गरि जेल हालिएको छ ।


  •  
  •  
  •