आवेदन दिने सबैले पाए जलविद्युत कम्पनीको सेयर

155
  •  
  •  
  •  

Hydro HIDCLकाठमाडौँ, २९ पुस(ओएनएस) : जलविद्युत लगानी तथा विकास कम्पनीले साधारण सेयरको बाँडफाँड गरेको छ । गत कात्तिक १२ गतेदेखी १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरिएको साधारण सेयर आज बाँडफाँड गरिएको हो ।

कम्पनीले सेयरका लागि आवेदन दिएका सबै सेयरधनीहरूलाई हात खाली नहुने गरी सेयरको बाँडफाँड गरेको छ । बाँडफाँडका क्रममा न्युनतम प्रतिसेयरधनी १० कित्ता दिइएको छ । कम्पनीका अनुसार साना लगानीकर्तालाई २० प्रतिशतका दरले, सय भन्दा बढी कित्ता भर्नेले १२ प्रतिशत र ठूलालाई तीन प्रतिशतका दरले वितरण गरिएको छ ।

कम्पनीको प्रमुख बिक्री प्रबन्धकमा कोष र सहप्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड र एनएमबी क्यापिटल रहेका थिए । कम्पनीले दुई लाख कित्ता सेयर नागरिक तहमा वितरण गरेको थियो । दुई अर्बका लागि आह्वान गरिएको साधारण सेयरमा ४० अर्बभन्दा बढीको आवेदन परेको थियो ।


  •  
  •  
  •