काठमाडौँ, १ चैत्र(ओएनएस) : महानगर यातायातले आइतबारदेखी सञ्चालनमा ल्याएको हाइटेक मेट्रो बसमा ढुंगा प्रहार गरिएको छ । ढुंगा प्रहारबाट बा ४ ख १०६ नम्बरको बसको सीसा फुटेको छ भने यात्रुहरू सकुशल रहेका छन् ।
ढुंगा कसले हान्यो भनेर खुलेको छैन् । उक्त प्रालीका उपाध्यक्ष सन्तोष खतिवडाले आफूहरू असुरक्षित भएको भन्दै जिल्ला प्रशासनमा सुरक्षाको माग गर्ने बताएका छन् । ढुंगा हान्ने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
प्रालिले ३२ सिटे आधुनिक ठूला ३९ वटा बस रिङ्गरोडमा सञ्चालनमा ल्याएको हो ।