एचएचसीए र ग्रिनल्यान्डलाई उपाधि

178
  •  
  •  
  •  

काठमाडौं, जेठ २५ (ओएनएस) । हिमालयन हेल्पलेस चाइल्ड एकेडेमी (एचएचसीए) र ग्रिनल्यान्डले तेस्रोे डिन उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । एचएचसीए सिनियर गल्र्समा र ग्रिनल्यान्ड सिनियर ब्वाइजमा च्याम्पियन बने ।

नरेफाँटस्थित नेपाल सेन्ट्रल हाइ स्कुलको कोर्टमा भएको गल्र्स फाइनलमा एचएचसीएले न्यु भिजनलाई २७–२० ले पराजित ग¥यो । विजयी टिमका लागि विपना सुवेदीले १२ अंक जोडिन् । विपना ‘मोस्ट भुलएबल प्लेयर’ पनि घोषित भइन् । दोस्रो क्वाटर ७–७ को बराबरीमा सकिएको थियो भने बाँकीमा एचएचसीएले अग्रता बनाउँदै उपाधि सुनिश्चित ग¥यो । एचएचसीएले पहिलोमा ७–६, तेस्रोेमा ८–५ र चौथोमा ५–२ अंक जोड्यो । गल्र्समै काठमाडौं भ्याली स्कुलले एन्जल लर्डलाई ४५–३७ ले हराउँदै तेस्रोे भयो । काठमाडौं भ्यालीकी बन्दना सेनले २८ स्कोर गरिन् ।

डाइनामिक एजुकेसनल एक्टिभिटिज एसोसिएसन नेपाल (डिन) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रिनल्यान्डले काठमाडौं भ्यालीलाई ५१–३९ ले हरायो । ग्रिनल्यान्डको जितमा रूपेश खड्काले १५ अंक योगदान गरे । रूपेश ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । पहिलो क्वार्टरमा १०–१५ ले पछि परेपनि ग्रिनल्यान्डले अन्य क्वाटरको नतिजा आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो । ग्रिनल्यान्ड दोस्रोमा १३–१०, तेस्रोेमा २०–१० र चौथोमा ८–४ ले अगाडि रहृयो ।

नेरिक एकेडेमीले एन्जल लर्डलाई ६०–५३ ले पन्छ्याउँदै तेस्रोे स्थानमा चित्त बुझायो । नेरिकका अभिषेक थापाले १६ स्कोर गरे । ब्वाइजमा केएमसीले अनुशासित टिमको उपाधि हात पा¥यो । विजेतालाई केन्द्रीय प्याब्सनका वरिष्ठ उपाध्यक्ष विजय सम्बहाम्फे, डिनका अध्यक्ष रमेश लिङदेन, ग्रिनल्यान्डका प्रिन्सिपल थकिन गुरुङलगायतले पुरस्कार वितरण गरे । साताव्यापी प्रतियोगिताको ब्वाइजमा १६ र गल्र्समा ८ टिम सहभागी थिए ।


  •  
  •  
  •