‘अश्लिल फिल्म खेल्न बाध्य पारेपछि श्रीमानलाई जिउदै खाडलमा पुरे’

531
  •  
  •  
  •  

पतिले अश्लील चलचित्रमा अभिनय गर्न दवाव दिए श्रीमतिले के गर्लिन ? त्यो पनि एक जनासँग होइन चार पाँच जना पुरुषसँग । श्रीमान आफैले निर्देशन गरेर ब्लु फिल्म खेल्न बाध्य पारे श्रमतिसँग के विकल्प रहन्छ ? चुपचाप श्रीमानको दवाव मान्नु या श्रीमान छोडेर हिड्नु । तर भारतीय एक नायिकाले भने अपराधको बाटो रोजिन । 

तमिल तथा कन्नडा फिल्मकी अभिनेत्री श्रुती चन्द्रलेखाले श्रीमानको दवाव सहन नसकेर उनको हत्या गरिन् । उनले अश्लिल फिल्म खेल्न बाँध्य पारेपछि हत्या गरेको अदालतमा स्वीकार गरेकी छिन् ।  केहि अघि मात्र पक्राउ परेकी उनले हत्या गर्नुको कारण खुलाउँदै यो अनौठो काहनी सुनाएकी हुन् ।

पतिले थालेको व्यवसाय धरासयी बनेपछि उनका साथीले सामूहिक यौन कार्य गरिरहेको फिल्म बनाउने र त्यो फिल्ममा आफ्नै श्रीमतीलाई खेलाउन सक्यो भने फिल्मले अर्बों कमाउने सुझाएपछि उनका पतिले उनलाई दवाव दिएका थिए । २३ वर्षीया श्रुतीले अश्लील चलचीत्रमा खेल्नैपर्ने नत्र सिध्याइदिने पतिको दवाव पछि आफैंले पतिलाई सक्याउने रणनीति लिएकी थिइन् ।

उनले आफ्ना ४ जना सहकर्मीको सहयोगमा ३५ वर्षीय पति रोनाल्डको हत्या गरि जमिनमुनी गाडेर फरार भएकी थिइन् । तमिल तथा कन्नडा फिल्ममा चर्चित बन्न थालेकी श्रुतीको यो अनौठो कहानी सुनेर प्रहरी पनि आश्चर्यमा परेको एजेन्सीहरुले जनाएका छन् ।  


  •  
  •  
  •  

Comments are closed.