बेश्याबृत्तिमा संलग्न भइरहेकै अवस्थामा अभिनेत्री पक्राउ

515
  •  
  •  
  •  

भारतीय अभिनेत्रीहरु एकपछि अर्काे गर्दै बृश्याबृतिमा संलग्न भएको आरोपमा पक्राउ पर्न थालेकाछन् । अभिनेत्री श्वेता बसु पक्राउ परेको घटना सेलाउन नपाउदै मंगलबार विहान अर्की अभिनेत्री बृश्याबृतिमा  संलग्न भएको आरोपमा पक्राउ परेकी छिन् । तेलगु फिल्म ‘बीटेक बाबु’ की अभिनेत्री दिब्या श्रीलाई बेश्याबृत्ति को गतिबिधीमा संलग्न भएकै अवस्थामा पक्राउ गरेको हो ।

अभिनेत्री दिब्यालाई गुटरको एक घरबाट प्रहरीले पक्राउ गरेको आजतकले जनाएको छ । सुराकीका आधारमा प्रहरीले गुटरको एक घरमा छापा मार्दा अभिनेत्री दिब्या, अन्य केही अभिनेत्री, मोडेल र अभिनेताहरु समेत पक्राउ परेका छन् ।

उनीहरुलाई बेश्याबृत्ति गर्दै गर्दा प्रहरीले रंगेहात पक्राउ गरेको हो । प्रहरीले दिब्यासँग अभिनेता पवन कुमार चंदुलाई पनि सोही ठाउबाट पक्राउ गरेको छ । सन् २००० बाट आफ्नो क्यारियर सुरु गरेकी दिब्याले हनुमान जक्शनबाट नायिकाको भुमिकामा देखा परेकी थिइन । अहिलेसम्म १४ वटा फिल्ममा काम गरिसकेकी छिन् ।


  •  
  •  
  •