चौतारी ग्रुपले ल्यायो रोइला दोहोरी गीत ‘हेरी देउन मायाले’(भिडियोसहित)

537
  •  
  •  
  •  

काठमाडौं । चौतारी ग्रुपको पहिलो प्रस्तुती नयाँ रोइला दोहोरी गीत ‘हेरी देउन मायाले’ बजारमा आएको छ ।  मनु सापकोटाको लय, शब्द रहेको गीतमा गायक किशन काले र गायिका तारा शाहीको आवाज रहेको छ ।

भिडियोसहितको गीत मंगलबार एस. थ्री. के.इन्टरटेन्मेन्ट युट्युवबाट सार्वजनिक गरिएको हाे । गीतलाई अर्जुन थापाले निर्देशन गरेका छन् भने सम्पादन सुसील डाँगीले गरेका छन् । भिडियोमा प्रीतम थापा र मनु सापकोटाको अभिनय छ । यस गीतले मायाप्रितिका विषयलाई रोइला लयमा प्रस्तुत गरिएको छ ।

गीत सार्वजनिक हुनु अगाडी नै टिकटकमा लोकप्रियता पाएको चौतारी ग्रुपका हरि अधिकारीले बताए । यस ग्रुपले छिट्टै अर्को दोस्रो प्रस्तुती पनि ल्याउने तयारीमा रहेकाे उनको भनाई छ ।

हेर्नुहोस् भिडियो


  •  
  •  
  •