उपचारले डुबायो घरबास

257
  •  
  •  
  •  

imageकाठमाडौं३० पुस ।
उनले लगातार ७ वर्षसम्म श्रीमानको गहन उपचार गरिन् । प्यारालाइसिस भएका श्रीमानको उपचार गराउदा घर जग्गा नै धितो राख्नुपर्‍र्यो तुषारा-९, प्युठानकी मती कुँवरले । उपचारका लागि लिइएको ऋणले उठिवास लागेको बेला भएको एउटै छोरालाई बोनम्यारो रोगले सतायो ।

‘दुखपनि मै नहुनेलाई मात्र पर्दोरहेछ । कहीं केही छैन । बस्ने ठाउपनि छैन । कसरी उपचार गराउनु’, एक महिनादेखि मीनभवनस्थित सिभिल अस्पतालमा छोरा वीरवल कुँवरको उपचारमा बसेकी मतीले कान्तिपुरसँग भनिन् ।

बाबुको उपचारमा लागेको खर्चकै कारण उनले छोरालाई ७ कक्षा पढ्दापढ्दै ३ वर्ष अघि काम गर्न भारत पठाएकी थिइन् । त्यहाँ छोरा विरामी भएपछि नेपाल झिकाई जचाउदा ‘ए प्लाष्टिक एनिमिया’ रोग लागेको र उपचारका लागि कम्तीमा २० लाख रुपैया लाग्ने जानकारी उनले पाइन ।अस्पतालका चिकित्सक विशेष पौडेलको निगरानीमा वीरवलको उपचार भइरहेको छ ।

१७ वर्षे वीरवलको उपचारलाई सघाउन प्युठानवासीहरुले रामप्रसाद आचार्यको संयोजकत्वमा सहयोग समिति बनेको र त्यसले सहयोग अपिल समेत गरेको छ । सहयोगका लागि राष्ट्रिय वाणिज्य वैंक, बानेश्वर शाखामा उनकी आमाको नाममा १४२००५६६९९७१० नम्बरको खाता समेत संचालन भएको छ ।

‘गाउँमा श्रीमान प्यारालाइसिसले थला छन् । कमाई गर्ने मान्छे छैन । खाना पैसा छैन’, मति आफूलाई आइपरेको विपदमा रुदै भन्छिन्-‘मेरो छोरा बाँचे त यसैले कमाएर तिथ्र्यो । कसले बचाइदिने होला ?’
कान्तिपुरबाट


  •  
  •  
  •