अष्ट्रेलियाबाट ब्लाइन्ड रक संस्थालाई सहयोग

761
  •  
  •  
  •  

काठमाडौं, २९ पुस(ओएनएस) : अष्ट्रेलियामा रहेको नेपाली संस्था नेपिन्डो फ्युजन ग्रुप अन्तरगतको सप्तपरीले भक्तपुरमा रहेको ब्लाइन्ड रक नामक संस्थालाई आर्थिक सहयोग गरेको छ ।

गत असारमा अष्ट्रेलियामा आयोजित सप्तपरी कार्यक्रममा संकलित ५१ हजार रुपैयाँ सप्तपरीकी सदस्य संगिता चापागाईंले संस्थाकी संस्थापक सृष्टि केसीलाई शनिबार हस्तान्तरण गरेकी हुन् ।

रकम हस्तान्तरण गर्दै चापागाईंले ब्लाइन्ड रकले आँखा नदेख्ने महिला तथा किशोरीहरुको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

ब्लान्ड रककी संस्थापक केसीले सहयोग गर्ने संस्थालाई धन्यवाद दिएकी थिइन् ।

ब्लान्ड रकले हालैमात्र चार दिने आवसिय कार्यक्रम सम्पन्न गरिसकेको छ । उक्त कार्यक्रम अन्तरगत १५ जना आँखा नदेख्ने किशोरीहरुलाई क्षमता विकासका विषयमा प्रशिक्षण दिइएको संस्थापक केसीले बताइन् ।

गत असारमा अष्ट्रेलियामा आयोजित सप्तपरी कार्यक्रममा नेपालका सात जना परिहरुले समेत सहभागिता जनाएका थिए ।  नेपिन्डो फ्युजन ग्रुपकी संस्थापक उषाकिरण वारिया पोखरेलले संस्थाले महिलाको क्षमता विकासका साथै विभिन्न सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आएको बताइन् ।
रकम हस्तान्तरण कार्यक्रममा संस्थापक वारिया पोखरेकी आमा हिरादेवी पोखरेल, सदस्य चापागाईंकी आमा गिता भण्डारीको पनि सहभागिता थियो ।


  •  
  •  
  •