विभिन्न सहायता सामग्री वितरण

226
  •  
  •  
  •  

चन्द्रकान्त खनाल |
रुपन्देही, ७ असार । अपाङ्गता उत्थान जिल्ला संमन्वय समिति रुपन्देह, महिला तथा बालविकास केन्द्र रुपन्देही र दृष्टिविहिन उत्थान संघ रुपन्देहीको आयोजनामा अपाङ्गता भएका विभिन्न व्यक्तिहरुको लागि सहायता समग्री वितरण गरिएको छ ।
रुपन्देहीको सालझण्डीका एक कार्यक्रमको आयोजनागरी महिलाहरुको लागि शिलाई मेसिन, सिलाईकटाई तालिम को प्रमाण पत्र वितरण, बिउपुँजी वितरण तथा बाख्रा वितरण र सहायता सामग्री र शैक्षिक सामग्री वितरण गरिएको हो ।

अपाङ्गता जिल्ला संमन्वय समितिका उपाध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देही जिल्लाका स्थानिय विकास अधिकरी विश्वप्रकाश अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

राष्ट्रिय अपाङ्ग महासंघ रुपन्देहीकी सह सचिव कल्पना ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रममा कोटियामाई निमाविका प्रध्यानाध्यापक टंकमणि पोखरेल, सालझण्डी माविका प्रध्यानाध्यापक खडानन्द पोखरेल, राष्ट्रिय अपाङ्ग महासंघ पश्मिाञ्चल क्षेत्रीय अध्यक्ष देविबहादुर पोखरेल, प्रशिक्षार्थीको तर्फबाट स्वतिका खनाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा अपाङ्गता पुर्नस्थापन अन्र्तगत विऊ पुँजी कार्यक्रमबाट विभिन्न व्यवसाय गर्ने व्यापक्तिलाई आर्थिक रकम समेत वितरण गरिएको थियो ।
शाररिक अपाङ्गता भएकी मैया लम्साललाई नगद २० हजार रुपैयाँ, सुविना गुरुङ्गलाई १५ हजार रुपैयाँ र स्वाथ्य उपचारको लागि पदमलाल पोखेललाई १५ सय, विशाल थारुलाई १५ सय रुपैया रुपन्देहीका स्थानिय विकास अधिकारी विश्व प्रकाश अर्यालले प्रदान गरेका थिए ।

 

 


  •  
  •  
  •