एसिड खनाईएका किशोरीलाई अखिल क्रान्तिकारीले दियो एक लाख १० हजार

115
  •  
  •  
  •  

काठमाडौ, १४ फागुन (ओएनएस) : ट्युसन पढन गएका बेला एसिड प्रहारपछि घाईते बनेका दुई किशोरीहरुको उपचारको लागि नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले आर्थिक सहयोग गरेको छ ।
बिहीबार अखिल क्रान्तिकारीले संकलन गरेको १ लाख १० हजार रुपैया घाईतेका परिवारजनलाई हस्तान्तरण गरेको छ । संकलित रकम मध्ये ६० हजार रुपैया संगिता मगरको परिवार र ५० हजार रुपैया सीमा बस्नेतको परिवारलाई अध्यक्ष सरद रसाईलीले हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा अध्यक्ष रसाईलीले घटना घटेको चार दिन वितिसक्दा समेत राजधानीबाट अपराधी पक्राउ पर्न नसक्नु राज्यको गंभिर उदासिनता भएको आरोप लगाउँदै भविष्यमा यस्ता घटना घटन नदिन राज्यले तत्काल उनीहरुलाई पक्राउ गरे कारवाही सुरु गरी शान्ति सुरक्षाको प्रत्याभुत गर्नु पर्ने माग गरे ।
उनले घाईते किशोरीहरुको निशुल्क उपचार र भर पोषणको ब्यवस्था राज्यले मिलाउनु पर्ने माग गर्दै अपराधीहरुमाथि तत्काल कारवाही नभए आफूहरु अझै कडा संघर्षमा जान बाध्य हुने चेतावनी दिए ।


  •  
  •  
  •