युकेमा रहेका प्रवासी नेपालीद्वारा १२ लाख सहयोग

179
  •  
  •  
  •  

helpरुपन्देही,  फागुन (ओएनएस) : बेलायतका विभिन्न सहरमा रोजगारीका लागि पुगेका गुल्मेलीहरूले रक्त सञ्चार केन्द्रको भवन निर्माणसँगै आशा अपांग केन्द्रलाई आर्थिक सहयोग गरेका छन् ।

गुल्मी जिल्ला युके समाजले गुल्मीमा स्थापना भएको रक्त सञ्चार केन्द्रको भवन निर्माणका लागि ९ लाख र आशा अपांग केन्द्रलाई ३ लाख गरी १२ लाख सहयोग गरेको हो ।

समाजले सन् २०११ देखि बेलायतमा विश्व अपांग दिवसका अवसरमा च्यारिटी शो गरेर सहयोग गरिँदै आएको संस्थापक अध्यक्ष ओमप्रसाद थापाले बताए ।

समाजका अध्यक्ष राम गलामी, उपाध्यक्षद्वय राजन खरेल र फणिन्द्र भट्टराई, महासचिव शिव भण्डारी , सल्लाहकार विनोद ज्ञवाली र सदस्य राजु मल्लसहितको टोलीले एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरेको हो ।

help1


  •  
  •  
  •