सुनकोसी पीडीतलाई कुमारी आर्केट परिवारको सहयोग

350
  •  
  •  
  •  

काठमाडौं १० भदौ (ओएनए): चाइनिज सामान बिक्रेताहरूको संस्था कुमारी आर्केट परिवारले सुनकोसी बाढी पीडितलाई ६८ हजार २ सय ७१ रुपैयाँ सहयोग गरेको छ । कुमारी आर्केटले ८० जना व्यवसायीबाट सो रकम संकलन गरी सुनकोसी बाढी पीडितलाई उपलब्ध गराएको हो ।

सुनकोसी बाढी पीडित राहत संकलन समितिका संयोजक सुशील राजभण्डारीले एभिन्युज टेलिभिजनमार्फत उक्त रकम उपलब्ध गराएको बताए । हाम्रो सहयोग रकमले धेरै राहत त मिल्दैन्,’ उनले भने, ‘सानो सानो सहयोगले उनीहरूको उद्वार हुन्छ, ।’ व्यापारीले चीनबाट सामान ल्याएर नेपालमा बिक्री आएको संस्था कुमारीले अन्य क्षेत्रका बाढी पहिरोलाई पनि आर्थिक सहयोग गर्ने बताएको छ ।


  •  
  •  
  •