सरकारले पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने

53
  •  
  •  
  •  

काठमाडौं । सरकारले पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयका अनुसार बाढीबाट प्रभावितहरुको सहायतास्वरुप पाकिस्तान सरकारलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्रीहरु प्रदान गर्न लागिएको हो ।

बाढीबाट प्रभावितहरुको लागि नेपाल सरकारको तर्फबाट राहत सामग्रीहरु प्रदान गर्ने भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले उक्त विपद्मा परी मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।


  •  
  •  
  •