विश्व बैंकद्वारा नेपाललाई १२ अर्ब रुपैयाँ ऋण सहयोग

62
  •  
  •  
  •  

काठमाडौं । विश्व बैंक र अर्थमन्त्रालयबीच करिब १२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायताका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बुधबार अर्थ मन्त्रालयमा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका नेपाल प्रमुख फारिस हदाद जर्भोसले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यसअघि विश्व बैंकले गत २१ जेठमा कोभिड १९ को प्रभाव न्यूनिकरण तथा विद्युत क्षेत्रको सुधारका लागि १० करोड अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकृत गरेको थियो ।

यो रकम डेभलपमेन्ट पोलिसी क्रेडिट (डीपीसी) अन्तर्गत प्राप्त भएको हो ।

नेपाल विद्युत प्राधिकरणको वित्तीय क्षमता अभिवृद्धिमा विश्व बैंकले लगानी गरेको छ । विद्यूत क्षेत्रमा थप आर्थिक सम्भाब्यताको खोजी गर्न गर्नुपर्ने नीतिगत, नियमन र संस्थागत सुधारमा विश्व बैंकको सहायता उपयोग हुने बैंकले जनाएको छ ।


  •  
  •  
  •