विदेशमा ज्यान गुमाएकाको परिवारलाई सहयोग

75
  •  
  •  
  •  

स्याङ्जा । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरिएको छ । युरोपेली देश स्पेनमा ज्यान गुमाएका स्याङ्जा, चिन्नेबासका पुजन कोइरालाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।

स्पेनमा रोजगारी गर्दै आएका पुजनको २०६७ साल जेष्ठ १२ गते कार दुर्घटनामा मृत्यु भएको थियो ।  काठमाडौंमा बस्दै आएकी पुजनकी आमा देवि कोइरालालाई शनिबार वालिङमा पत्रकार, समाजसेवी तथा जनप्रतिनिधिहरुको सहभागितामा २ लाख २५ हजार ७ सय ५२ रुपैयाँ प्रदान गरिएको हो ।

बेल्जियम स्याङ्जा सम्पर्क समिति र बेल्जियममा रहेका नेपालीको सहयोगमा संकलित रकम समितिका महासचिव होमनाथ पाण्डेले नेपाल पठाएका थिए । वालिङका समाजसेवी नेत्रप्रसाद पाण्डेले पुजनकी आमालाई हस्तान्तरण गरेका हुन् ।


  •  
  •  
  •