हावाहुरी पीडितको लागि एनआरएनए जापानको सहयोग

589
  •  
  •  
  •  

टोकियो, २२ चैत(ओएनएस) : गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले बारा र पर्साका हावाहुरी पीडितको लागि सहयोग हस्तान्तरण गरेको छ ।

हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको परिवार र हावाहुरी पीडितको लागी सहयोग गर्न एनआरएन जापानले सहयोगको अपिल गरेको थियो ।

एनआरएन जापानले ६ लाख ५ सय ५५ येन उठाएर पठाएको एनआरएनए जापानका महासचिव बुद्धिराज घिमिरेले जानकारी दिएका छन् ।

एनआरएनए जापानको कार्यालयमा शुक्रवार एनआरएनए आइसीसी अध्यक्ष भवन भट्ट, आइसीसी सदस्य महेश श्रेष्ठलाई सो रकम एनआरएनए जापानका अध्यक्ष टाशी वाङ्दी लामा, महासचिव बुद्धिराज घिमिरे लगाएतको रोवरमा सो रकम हस्तान्तरण गरेका छन् ।

एनआरएनए जापानले सो रकम जेएमई रेमिटबाट नेपाल पठाएको छ । हावाहुरी पीडितको घाउमा मलम लगाउन सहयोग गर्ने सहयोगीदाता र विशेष गरी एनआरएनए जापानलाई एनआरएनए आइसीसी अध्यक्ष भवन भट्टले धन्यबाद दिएका थिए ।


  •  
  •  
  •