प्रदेश १ ले हावाहुरी प्रभावितलाई एक करोड सहयोग गर्ने

400
  •  
  •  
  •  

काठमाडौं, १९ चैत(ओएनएस) : आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावितका लागि सुदूरपश्चिम प्रदेशले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

प्रदेशको मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले बारा र पर्सा जिल्लामा हावाहुरीका कारणले ज्यान गुमाएका परिवारलाई राहात स्वरुप एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहका अनुसार प्रदेश २ सरकारको राहत कोषमा उक्त रकम जम्मा गरिनेछ ।

यस्तै मन्त्रीपरिषद्को बैठकले हावाहुरीका कारण प्रदेश २ मा भएको क्षती र घटनाप्रति दुःख समेत व्यक्त गरेको छ ।आइतबार आएको विनाशकारी हावाहुरीमा परेर मृत्यु भएका २७ जनामध्ये १५ जना बाराको फेटा गाउँपालिकाका थिए । उक्त घटनामा ४ सय बढी घाइते भएका थिए ।


  •  
  •  
  •