हेलो सरकार ! बाटो बन्द भो, चोर बढे, भत्ता पाइएन, मोवाइलमा टावर आएन, स्कूलले फि बढाए, बेरोजगार भइयो

335
  •  
  •  
  •  

काठमाडौं, २८ जेठ (ओएनएस) : २०६८ कार्तिक १७ गते स्थापना भएको हेलो सरकारमा २०७१ वैशाख मसान्तसम्मको करिव अठाई वर्षको अवधिमा ३०,३६७ वटा गुनासो/उजूरी प्राप्त भएका छन् । ती मध्ये २९,४३५ वटा फछ्यौट भएको कुरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटाले बताए । उनका अनुसार यस अवधिमा सबैभन्दा वढी गृह मन्त्रालयमा ४२६२ वटा गुुनासो पठाइएको छ ।

यसैगरी क्रमशः शिक्षा मन्त्रालयमा ३०३४ वटा, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा १७८९ वटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १६१३ वटा, वाणिज्य तथा आपूूर्ति मन्त्रालयमा ११५६ वटा, अर्थ मन्त्रालयमा १११४ वटा, श्रम तथा रोजगार मन्त्रालयमा १०८० वटा र नेपाल विद्युत प्राधिकरणमा ९३७ वटा गुनासो पठाइएको छ ।
सचिव वास्कोटाका अनुसार चालू आर्थिक वर्ष २०७०।७१ को २०७० साउनमा ६४८ वटा गुनासो प्राप्त भएकोमा ६३७ वटा फछ्यौट भएको छ । यसैगरी भदौमा ८४३ वटा गुनासो प्राप्त भै ८२९ फछ्यौट भएको, असोजमा ७५० गुनासो प्राप्त भै ६२४ फछ्यौट भएको, कार्तिकमा ७६७ गुनासो प्राप्त भै ६८१ फछ्यौट भएको र मंसिरमा ४७३ गुनासो प्राप्त भै ४१५ वटा फछ्यौट भएको छ । यसैगरी पुुषमा ५६६ वटा गुनासो प्राप्त भएकोमा ४९७ वटा फछ्यौट भएको, माघमा ६४० वटा गुनासो प्राप्त भएकोमा ५८९ वटा फछ्यौट भएको, फागुनमा ५६३ वटा गुनासो प्राप्त भएकोमा ४९९ वटा फछ्यौट भएको, चैत्रमा ६०२ वटा गुनासो प्राप्त भएकोमा ४६१ वटा फछ्यौट भएको र २०७१ वैशाखमा ६६० वटा गुनासो प्राप्त भएकोमा ४६९ वटा फछ्यौट भएको छ । सचिव वास्कोटाका अनुसार २०६८ कार्तिक १७ देखि २०७१ वैशाख मसान्तसम्म हेलो सरकार कक्ष आफैले १०२२ वटा गुनासो फछ्यौट गरेको छ भने अन्य प्राप्त गुुनासोहरु केन्द्रीयस्तरका ३३ वटा निकायमा पठाउने गरेको छ । ती सबै निकायमा नोडल अधिकृतहरु तोकिएको कुरा पनि सचिव वास्कोटाले बताए ।

सचिव वास्कोटाका अनुसार २०७१ वैशाखमा ६६० वटा गुुनासो प्राप्त भएकोमा ३५ वटा गुनासो हेलो सरकार कक्षवाट फछ्यौट भएको छ भने वाँकी रहेका गुनासो मध्ये ४८ वटा लाई उच्च प्राथमिकता, ३६८ वटालाई प्राथमिकता र २६९ वटालाई साधारणमा वर्गिकरण गरी सम्बन्धित निकायहरुमा पठाईएको छ । उनका अनुसार २०७१ वैशाखमा हेलो सरकार कक्षवाट पशुुपति क्षेत्रमा स्कूटर पार्किङ्ग गर्ने वित्तिकै लडाकु शैलीमा रकम असुल गरिएकोमा गौशाला प्रहरीवाट कारवाही भैरहेको छ । विद्यालय शिक्षक कितावखानाले निवृत्तिभरण पट्टा वनाई दिन ढिला गरेकोमा हेलो सरकारको पहलमा काम भएको छ । संखुवासभामा माटो परीक्षणका लागि मेशिन लैजाने क्रममा चन्दा माँग गर्नेलाई प्रजिअले प्रहरी मार्फत हस्तक्षेप गरी मेशिन गन्तव्यमा पुुगेको छ ।

वर्दियाका युवालाई वैदेशिक रोजगारीमा जाने सिलसिलामा मेनपावर कम्पनीले झुलाएको सम्बन्धमा हेलो सरकारले पहल गरी श्रम स्वीकृति प्राप्त गराएको छ । काठमाडौंको अनामनगरमा विद्युत सेवा अवरुद्ध भएकोमा हेलो सरकारको पहलमा एक घण्टा भित्र सेवा सुचारु भएको छ । सप्तरी जिल्लावाट गाविस सचिव कार्यालयमा नवसेको गुनासोमा सचिवलाई सचेत गराए पछि नियमित कार्यालयमा भेटिएका छन् । काठमाडौंको चण्डोलमा विद्युत सेवा अवरुद्ध भएकोमा हेलो सरकारको पहलमा सेवा सुचारु भएको छ ।

वुटवलमा खानेपानी आपूर्तिमा कमी भएकोमा हेलो सरकारवाट ट्याङ्करवाट वोकाएर भएपनि पानीको आपूर्ति गर्न निर्देश गरिएको छ । गृह मन्त्रालयवाट मृतक प्रहरीको आफन्तले पेन्सन पट्टा पाउन ढिलाई भयो भन्ने गुनासोमा हेलो सरकारको पहलमा तत्कालै कार्य सम्पन्न भएको छ । काठमाडौंको लोडसेडिङ्ग समूह ७ मा तोकिएको समयमा वत्ती वलेन भन्ने गुनासोमा इन्जिनियरलाई नै फिल्डमा खटाई आवश्यक मर्मत गरी सेवा सुचारु गरिएको छ । काभ्रे र सिन्धुपाल्चोकमा  जडिवुटीको अवैध कारोवार भैरहेको छ भन्ने गुनासोका सम्बन्धमा सम्बन्धित वन अधिकृतलाई सजग तुल्याईएको छ । स्वास्थ्य व्यवसायी परिषद् रजिष्ट्रार कार्यालयमा नहुनुु भएकोले काम रोकियो भन्ने गुनासोका सम्बन्धमा उहाँ कार्यकक्षमा आई काम सम्पन्न भएको छ ।

सुन्धारास्थित टेलिकमको काउण्टरमा भीड भयो भने गुनासोका आधारमा अतिरिक्त काउण्टर खुलाउन लगाई सेवा प्रवाह गराईएको छ । पृथ्वीराजमार्गको जोगिमारा र फिस्लिङ्गमा पहिरो गएर सडक अवरुद्ध भयो भन्ने गुनासोका आधारमा हेलो सरकारको पहलमा ती स्थानमा डोजर पुगी २ घण्टा भित्र राजमार्ग खुलाईएको छ । वास्कोटाले यसो भने पनि सर्वसाधारणले आफूहरुको कुनै गुनासो सम्बोधन नभएको गुनासो गर्ने गरेका छन् ।

यस वर्षको वैशाखमा श्रम स्वीकृति दिने अधिकार ७५ जिल्लामा प्रत्यायोजन हुनुपर्ने, ठाउ ठाउमा सवारी साधनवाट पैसा असुली भैरहेको रोक्नु पर्ने, सार्वजनिक स्थान र यातायातमा धुम्रापन पूर्णतः निषेध गर्नुपर्ने भन्ने खालका गुनासा आएका छन् । साथै चोरी शिकारी वढे, गाडी लुटपाट, सुनचादी पसल लुटपाट वढ्यो,  गाविस सचिवले सामाजिक सुरक्षा भत्ता वाडेनन्, ठाउ ठाउमा सडक भत्काएर राखियो, ट्यापे केटाहरुले सर्वसाधारण उपर आक्रमण गरे, गाई पाल्नेले राहत पाएन, गाईको अवैध निकासी रोक्नु प¥यो, लोडसेडिङ्ग घटाउनु प¥यो, निजी स्कूलले फि वढाए कारवाही होस्, मोवाईलको टावरले काम गरेन  भनेर पनि गुनासो आएको थियो ।


  •  
  •  
  •