हेलो सरकारमा ३३ हजार ६ सय उजूरी

394
  •  
  •  
  •  

hello-sarkar_20141008104903काठमाडौ, १८ मंसिर (ओएनएस) : जनताको गुनासा सुन्नको लािग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित हेलो सरकारमा गत तीन बर्षका अवधिमा ३३ हजार ६ उजुरी तथा गुनासाहरु प्राप्त भएको छ ।

कार्यालयका सचिव शान्तराज सुवेदीका अनुसार २०६८ कार्तिक १७ गते स्थापना भएको हेलो सरकारमा २०७१ कार्तिकमसान्तसम्म प्राप्त उजूरी मध्ये ३२,३८२वटा को सुनुवाइ भएको छ ।

जनताले हेलो सरकामा घटनारदुर्घटना, घटनारदुर्घटनाको उद्दारको लागि सहायता, महिला, सार्वजनिक सेवाको बारेमा गुनासो र सरकारी सेवामा देखिएका विकृति‚ विसङ्गति वा अनियमितता बारे उजुरी दिएका थिए ।

सुवेदीका हेलो सरकार क्षेत्री स्तरमा विस्तार गरी ५ वटै क्षेत्रीय प्रशासन कार्यालयमा समेत रहने गरी नेपाल सरकारले तायरी गरीरहेको छ । हेल्लो सरकारमा अहिलेसम्म गृह मन्त्रालयसंग सम्बन्धित ५,७९५, शिक्षा मन्त्रालय र अन्तर्गत ५,०६३, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय २,६३६, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय २,२६५, नेपाल विद्युत प्राधिकरण १,६१५ , अर्थ मन्त्रालय १,४६५ , वाणिज्य तथा आपूर्ति मन्त्रालय १,४३८, श्रम तथा रोजगार मन्त्रालय १,३३३ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय१,०४९ वटा उजूरी प्राप्त भई उक्त निकायहरुमा कार्यान्वयनको लागि पठाईएको छ।

यसैगरी चालू आर्थिक बर्षको कार्तिक महिनामा मात्र उच्च प्राथमिकता प्राप्त ५२, प्राथमिकता प्राप्त १२८ र साधारण २४२ गरी ४२२ गुनासोहरु प्राप्त भएकोमा ३१७ गुनासो फछर्यौट भई ७५ प्रतिशत प्रगति भएको छ भने यस महिनामा १०५ गुनासा फछर्यौट हुन बाँकी रहेको देखिएको छ।

हेलो सरकार गुनासाहरु टिपाउन ११११ मा फोन वा एस.एम.एस. गर्न वा ११०० मा फ्याक्स गर्न सकिन्छ ।


  •  
  •  
  •