अन्तरिक्षबाट युवतीलाई फोन गरेर प्रश्न, तपाई पृथ्वीबाट हो ?

256
  •  
  •  
  •  

काठमाडौँ, ११ पुस(एजेन्सी) : एक युवतीलाई अन्तरिक्षबाट बेलायतका अन्तरिक्ष यात्री टिम पिएकीले क्रिसमसको दिनमा फोन गरेका छन् । अन्तरिक्ष यात्री टिमले ती युवतीलाई के तपाई पृथ्वीबाट हो भनेर सोधे । यसरी तपाई पृथ्वीबाट हो भनेर फोन आएपछि ती युवती दंग परिन् ।

अन्तरिक्ष स्पेस स्टेशनमा कार्यरत टिम पियकीले पछि युवतीसँग लिखित रूपमा माफी मागेका छन् । र उनले युवतीलाई आफूले कुनै रमाइलो या मजाक नगरेको भन्दै आश्वस्त समेत पारेका छन् । उनले आफूले कुनै मजाक गर्नका लागि नभई जानिबुझी नै उक्त नम्बर डायल गरेको बताएका छन् । पियकीले आफूले अन्तरिक्षमा रहँदा पनि यसरी अन्जान व्यक्तिको फोनले सताउँछ भन्ने थाहा पाउनका लागि प्रयास गरेको बताएका छन् ।

[box type=”shadow” ]

[/box]

तर, दैनिक रूपमा यस्तो हुँदैन की कसैले तपाईलाई अन्तरिक्षबाट फोन गरोस् । पियकीको प्रश्न सुनेर ती युवती अचम्मित भइन् र उनले कुनै अर्को ग्रहबाट कसैले उनलाई फोन गर्‍यो भन्ने सोचिन् । पियकीले दिएको सफाईका क्रममा सामाजिक सञ्जालमा गरिएको पोष्ट अहिले भाइरल भएको छ । मानिसहरूले आफूहरू पनि यस्तो फोन उठाउन तयार रहेको बताएका छन् ।


  •  
  •  
  •