हेल्लो सरकारमा उजुरी परेपछि १९ जनाको रोकियो विदेश भ्रमण, जोगियो ४० लाख

446
  •  
  •  
  •  

काठमाडौं, ७ कार्तिक (ओएनएस) :  प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारमा उजुरी परेपछि १९ जनाको विदेश भ्रमण रोकिएकाे छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र कालीमाटी तरकारी तथा फलफूल विकास समितिका पदाधिकारी–कर्मचारीसहितको विदेश भ्रमण रोकिएको हाे ।

भ्रमण टोलीमा विकास समितिका ११ जना पदाधिकारी तथा मन्त्रालय र समितिका ५ जना कर्मचारी तथा तीन जना विभाग र मन्त्रालयका कर्मचारी गरी जम्मा १९ जना भ्रमण रहेको थिए ।

टोली यही ९ कात्तिकदेखि १५ कात्तिकसम्म थाइल्याण्ड र भियतनाम जाने तयारीमा थियो । मन्त्रालय र समितिको १९ सदस्यीय टोलीले सरकारी खर्चमा गर्न लागेको भ्रमण रोकिएको हो । स्राेतका अनुसार समितिले जातेआते, घुम्ने तथा भत्तासमेत गरी ४० लाख रुपैयाँ छुट्याएको थियाे।

‘यस सन्दर्भको भ्रमण वैदेशिक भ्रमण निर्देशिका, २०७५ को मर्मविपरीत रहेको देखिएकोले सो भ्रमण नगर्न र नगराउन’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्देशन दिइएको हेल्लो सरकारले सम्बन्धित निकायलार्इ पत्र पठाएकाे छ।


  •  
  •  
  •