फिस्टेल हेलिकोप्टरको पखेटाले टाउको छिनायो

259
  •  
  •  
  •  

काठमाडौं, १८ साउन (ओएनएस) :  अवतरण गर्न लागेको फिस्टेल हेलिकोप्टरको पछाडि पछाडितर्फको पखेटामा ठोक्किएर सिन्धुपाल्चोकको लास्ट रिसोर्टका एक कर्मचारीको मृत्यु भएको छ।

हेलिकोप्टर अवतरण गरिरहेको अवस्थामा ती कर्मचारी दौडिदै नजिक पुगेपछि पखेटाले टाउकोमा लागेको थियो । पखेटामा ठोक्किएर कर्मचारीको टाउको नै उछिट्टिएको स्रोतले बतायो । साढे दुई बजेतिर यो घटना भएको हो।

हेलिकोप्टर भने सुरक्षित रहेको छ। सुनकोशीमा पहिरोमा परी घाइते भएका व्यक्तिहरुको उद्धार तथा राहतका लागि हेलिकोप्टर त्यहाँ लगिएको थियो। ठोक्किएको हेलिकोप्टर नाइन एन ए जे आइ रहेको छ ।


  •  
  •  
  •