भूकम्पपीडितको उद्दारका लागि सेनाको हेलिकोप्टर गोरखा जाने

145
  •  
  •  
  •  

काठमाडौँ, २६ पुस(ओएनएस) : हिमपातबाट पर्भावित भएका भूकम्प पीडितहरूलाई उद्दार तथा राहत वितरणका लागि नेपाली सेनाको हेलिकोप्टर आइतबार गोरखा जाने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा बोलाइएको उच्चस्तरीय आकस्मिक बैठकले सेनाको हेलिकोप्टर आइतबारदेखी नै परिचालन गर्ने निर्णय गरेको हो । गोरखा जाने हेलिकोप्टरले औषधी, खाद्यान्न र न्याना कपडा लिएर जानेछ ।

प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, सुरक्षा निकायका प्रमुखलगायतका थिए । भूकम्प पीडितका टहरासमेत पुरिन थालेको र गोरखाको उत्तरी भेगका बासिन्दाको बिचल्ली भएको जानकारी पाएपछि उनले आकस्मिक बैठक बोलाएका हुन् ।

बैठकमा हिमपात प्रभावित क्षेत्रका भूकम्प पीडितलाई तत्काल उद्धार तथा राहत कसरी दिन सकिन्छ भन्ने बारेमा छलफल भएको छ ।


  •  
  •  
  •