उड्नै लाग्दा ओली चढेको हेलिकोप्टर बिग्रियो

204
  •  
  •  
  •  

काठमाडौँ, १९ पुस(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर हिडेको नेपाली सेनाको सुपर पुमा हेलिकोप्टर ललितपुरको गिम्दीमा बिग्रिएको छ ।

ललितपुरको गिम्दी-९ सोभानबेसीस्थित बागमति नदीमा निर्माण गरिएको झोलुङ्गे पुलको उद्घाटन गरेर फर्कने क्रममा हेलिकोप्टर बिग्रिएको हो । उड्नका लागि तयारी अवस्थामा रहेको बेला इन्जिनमा खराबी देखिएपछि हेलिकोप्टर रोकिएको थियो ।

हेलिकोप्टर बन्नका लागि समय लाग्ने भएपछि प्रधानमन्त्री केपी ओली सेनाको अर्को हेलिकोप्टरमा काठमाडौँ आएका छन् ।


  •  
  •  
  •