पोखरा, १२ फागुन(ओएनएस) : पोखराबाट जिमसोमका लागि उडेको तारा एयरको विमान बिहानदेखि नै सम्पर्कबिहिन छ ।
सम्पर्कबिहिन विमान खोज्नका लागि गएका दुई हेलिकोप्टर खराब मौसमका कारण एकपटक पोखरा फर्किएका छन् भने अहिले पुनः खोजी कार्यका लागि दुर्घटना भनिएको स्थल मानिएको तथा आसपासका क्षेत्रका लागि उडेको छ ।
म्याग्दीको रुप्से झरना र दाना क्षेत्रलाई विमान भेटिन सक्ने सम्भावित क्षेत्रका रूपमा हेरिएको छ भने सो स्थानमा विमान दुर्घटना भएको आशंका समेत गरिएको छ । स्थानीयले उक्त क्षेत्रमा धुँवासँगै ठुलो आवाज समेत आएको जानकारी दिएपछि नेपाल प्रहरी र सेनाको स्थलगत टोली समेत त्यसतर्फ गएको छ ।