जापानमा हेलिकप्टर दुर्घटना हुँदा तीन जना बेपत्ता

134
  •  
  •  
  •  

जापान, ११ भदौ (एजेन्सी) : जापानको उत्तरपूर्वी क्षेत्र आओमोरी प्रान्तमा मेरीटाइम सेल्फ डिफेन्स फोर्स (एमएसडिएफ) को हेलीकप्टर दुर्घटना भएको छ । दुघटनामा ३ जना चालकदलका सदस्य हराइरहेका छन् ।

एमएसडिएफले दिएको जानकारी अनुसार एसएच – ६०जे हेदिकप्टरका चालकदलका चारमध्ये १ जनाको उद्घार गरिएको र उनी खतरामुक्त रहेका छन् । एमएसडिएफ र जापान कोस्ट गार्डले हराएका तीन जनाको खोजिकार्य गरिरहेका छन् ।

घटनाको भग्नावशेषको अंश र हेलिकप्टरको उडान सुचना रेकर्डर दुर्घटना स्थल नजिकैको समुद्रमा भेटिएको रक्षा मन्त्री इत्सुनोरी ओनोडेराले जानकारी दिए ।

एमएसडिएफका अनुसार सि अफ जापान हुँदै उडान गरिरहेको हेलिकप्टर राती १० बजेर ५० मिनेट जाँदा सम्पर्कविहिन हुन पुगेको थियो ।


  •  
  •  
  •