काठमाडौं, ३ असार – जहाज अभावमा झेलिरहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडान गर्न एयटा ट्विनअटर जहाज थप्न लागेको छ । निगमसँग अलिहे आत्तरिक उडान गर्न एउटामात्र ट्विनअटर बाँकी छ ।
आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा जहाज अभावका कारण निगमले यात्रु र शाख दुवै गुमाइरहेको छ ।
आन्तरिकतर्फ उसको गन्तव्य दुई दर्जन भन्दा बढी भएपनि सबैमा सेवा पुर्याउन कठिन भइरहेको छ । ‘बढीमा दुईसाताभित्र अर्को ट्विनअटर संचालनमा ल्याउँछौं,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले भने ‘उडानमा ल्याउन लागेको जहाजमा ल्यान्डिङ गियरमात्र जडान गर्न बाँकी छ ।
यो काम हुनासाथ जहाज नियमित उडानमा आउँछ ।’ अहिले बल्ल अर्को जहाज थप्न लागेको निगम व्यवस्थापनले आगामी आर्थिक वर्षबाट तेस्रो जहाज थप्ने योजना बनाएको छ ।
नागरिक दैनिक