दुर्लभ माछा जोगाउन नायीकाको नग्न फोटोशुट…(तस्विरसहित)

278
  •  
  •  
  •  

काठमाडौ/माघ(एजेन्सी) : नायीका हेलेना बोनहाम कार्टरले दुर्लभ प्रजातीका माछा जोगाउनका लागि ब्लु मरिन फाउण्डेशनको सहयोगमा नग्न फोटोशुट गराएकी छिन् ।

गत डिसेम्वरमा निर्देशक टिम बर्टनसँग छुट्टिएकी ४८ वर्षीया नायीका हेलेनाले आफ्नी साथी ग्रेटा स्काचीको सहयोगमा उक्त फोटोशुट गराएकी हुन् । उनले उक्त फोटोशुटबारे भनिन्, ‘म जलचर बचाउने कामको निकै ठूलो प्रशंसक हुँ । मलाई माछासँग फोबिया छ तर, जब मेरी साथी ग्रेटाले २७ किलोको टुनासँग फोटो खिच्नका लागि आग्रह गरिन् मलाई त्यतिबेला मेरो लुगा फाल्न भन्दा माछा छुन गाह्रो भएको थियो ।’

Helena-Bonham-Carter-poses-naked1तर, उनले आफूले हिम्मत नहारेको र भोलिपल्ट फोटोशुट गरेर उसलाई आफ्नो भ्यालेन्टाइन बनाएको बताइन् । नायीका हेलेना टुनासँग फोटोशुट गराउँदा पूर्णरूपमा नग्न थिइन् । उनले टुनालाई अंगालेर विभिन्न पोजमा फोटोशुट गराएकी थिइन् ।

माछा जोगाउनका लागि गरिएको यस्तो फोटोशुट मोडेल लिज्जी जाग्गर र नायीका इमिलिया फक्सले पनि गरेका थिए ।

Helena-Bonham-Carter-poses-naked2


  •  
  •  
  •